मलेसियामा एक युवाको मृत्यु

ताप्लेजुङ पुस २९ गते । ताप्लेजुङ सान्थाक्रका एक युवाको मलेसियामा करेन्ट लागेर ज्यान गएको छ । सान्थाक्रा १ का २५ वर्षीय दिवस लिम्बुको काम गर्ने सिलसिलामा विद्युत सर्ट भइ करेन्ट लाग्दा पुस २७ गते बेलुकी म्यृत्यु भएको मृतकका दाजु विष्णु लिम्बुले जानकारी दिनुभयो । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ । लिम्बु ३ वर्षअघि डिप्रोटन मेनपावर प्रालि काठमाडौमार्फत् मलेसिया गएका थिए ।


सामाजिक संजाल