तापेथोकमा एक घर जल्दा ५ लाख बराबरको क्षति

ताप्लेजुङ पुष २७ गते । ताप्लेजुङको तापेथोक गाउं विकास समितिमा शुक्रवारराति आगलागि हुदा एक घर जलेर नष्ठ भएको छ । गाविसको वडा नं ९ निवासी मानसिंह लिम्बुको घरमा आगलागी हुदा लिम्बुको घरमा रहेको १ मन अलैंची,६ मन चिरौतो सहित लताकपडा,धनमाल जल्दा ५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ । घर जलेपछी लिम्बुको चार जनाको परिवार छिमेकीकोमा बसेको बताइएको छ ।


सामाजिक संजाल