रेडक्रस उपशाखा हाङदेवाको आठौँ अधिवेशन सम्पन्न

सिताराम गुरागाई पुस २५ गते, नेपाल रेडक्रस सोसाइटि हाङ्देवा उपशाखाको आठौँ साधारणसभा विष्णुप्रसाद खतिवडाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । संस्थाको कार्यलयमा भएको सभाले खतिवडाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको हो  । यसअघि संस्थाका पूर्व अध्यक्ष नेत्रप्रसाद कार्कीले गत आर्थिक वर्षको कुल १ लाख १३ हजार ३ सय ५ बराबर कारोबारको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 


सामाजिक संजाल