सार्वजनिक स्थलमा धुमपान ऐन कार्यन्वयन शून्य ।।

सिताराम गुरागााई ताप्लेजुङ पुस २५ गते, सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गरेको छ । वि. सं २०६८ साउन २२ गते यो नियम लागु भएपछि सार्वजकि स्थलहरुमा धुम्रपान गर्न पाइदैन । तर अहिले धुम्रपान तर्ने ८० प्रतिशत मानिसलाइ यस्तो पनि नियम छ भन्ने पत्तो छैन । विदेशीको सिको गर्दै चर्चामा आउनका लागि सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लागु गरेको भएपनि परिणाम शून्य भएको हो । सरकारले धुमपान निषेधित क्षेत्र भनि हाट, बजार, बसपार्क, चौतारा, होटल सिनेमाहल, अस्पताल, विभिन्न सरकारी तथा गैह्रसरकारी कार्यलय र त्यसको हाता जस्ता मानिसको जमघट धेरै हुने स्थानलाइ तोकेको छ । तर अहिले ति स्थानहरुमा खुलेआम रुपमा धुम्रपान गरिरहेको देखिन्छ । नियमलाइ कार्यन्वयन गराउने सरकारी निकायका विषिश्ट ओहदाका व्यक्तिहरुनै सार्वजनिक स्थलमा धुमपान गर्न पछि पर्दैनन् । कतिपय स्थानमा कर्मचारी र प्रहरीहरुनै चुरोट पिइरहेका हुन्छन् । सर्वसाधारण लाइ  यस्तो ठाउमा त धुमपान गर्नुहुदैननि कारबाहि हुन्छ भन्दा आफले पहिलेबाट नै धुमपान गदै आएको, कुनै कारबाहि पनि नभएको गर्नु हुदैन भनेर कसैले पनि नभनेको बताउछन् । यति हुदा पनि आजसम्म सार्वजनिक स्थलमा धुमपान गर्ने एक जनालाइ पनि कारबाहि गरेको पाइदैन । धेरै पहिलेदेखि संस्कारको रुपमा विकाश भएको र मानिसहरुको चेतनाको स्तर अझैपनि कमजोर भएका कारण कार्यन्वयनमा समस्या आएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने बताउनुहुन्छ । ‘एकै ठाउमा २०—२५ जना चुरोट तानिरहेका हुन्छन्’न्यौपानेले भन्नुभयो ‘त्यस्तो अवस्थामा सम्झाउन सक्ने स्थितिनै रहदैन’ । ताप्लेजुङमा मात्र नभइ देशैभरको अवस्था यहाँको जस्तै रहेको उहाँले बताउनुभयो । नियमअनुसार सार्वजनिक स्थलभित्र धुमपान सर्वसाधारणलाइ १ सय जरिमाना र बाहिर निकालिने तथा पेशाकर्मिलाइ विभागिय कारवाहि हुने व्यवस्था छ ।
 


सामाजिक संजाल