ताप्लेजुङका दूई निर्वाचन क्षेत्रको रकममा प्रत्यक्षतर्फका सभासदले आफु अनुकुल योजनामा छुट्याएको आरोप,निर्णय नसच्याए संघर्षमा उत्रने चेतावनी

ताप्लेजुङ पुष २३ ।  ताप्लेजुङको दुई वटा निर्वाचन क्षेत्रका लागि विनियोजित दुई करोड रुपैयाँ दुई जना सभासदले एकलौटी रुपमा विनियोजन गरेको आरोप लगाइएको छ । प्रत्यक्ष तर्फका सभासदले मनोमानी ढङ्ले रकम विनियोजन गरेको तीस दलिय मोर्चामा आवद्ध दलले आज जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले निर्धारण गरेको कार्य विधि विपरीत सभासद डम्बरध्वज तुम्बाहाम्फे र भुपेन्द्र थेबेले जिल्ला विकास समितिका कर्मचारीलाई समेत प्रलोभनमा पारेर विनियोजन गरिएको रकम पुर्नविचार गर्न ध्यानआकर्षण गराएको छ । हालको विनियोजित बजेट आफु अनुकुल छुट्याइएका योजनामा कार्यान्यवन गरिए कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । एकलौटी रुपमा बजेट छुट्याइएको विषयलाई संविधानसभाको चुनावसँग जोडेर विगतको चुनावमा आर्थिक चलखेल गरेर चुनाव जितेकाले  उक्त रकमलाई असुल गर्न लागि परेको जारी गरिएको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
 


सामाजिक संजाल