ताप्लेजुङ सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि

ताप्लेजुङ पुष २३ गते । ताप्लेजुङमा यस वर्ष सुन्तलाको लागि अनुकुल मौसम भएकोले उत्पादनमा १५ प्रतिशतले बढ्ने भएको छ ।जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङको अनुसार जिल्लाको सुन्तलाको पकेट क्षेत्र दोख,फुङलिङ,निधुरादिन,चांगे,ढुगेसा“घु लगायतका ठाउंमा सुन्तलाको लागि राम्रो रहेकाले उत्पादनमा वृद्धि हुने देखिएको हो । यो वर्ष जिल्लामा १८ सय मेट्रिकटन सुन्तला उत्पादन हुने अनुमान गरेको छ । गत वर्ष ताप्लेजुङमा १६ सय ५३ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । विगतको वर्ष जस्तो सुन्तलाको फूलखेल्ने बेलामा असिना पानी नपर्नु,कृषकले बगानलाई विशेष ध्यान दिने गरेका कारण उत्पादन बढेको देखिएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका वागवानी अधिकृत उमेश राउतले बताउनुभयो । जिल्लाको बजारमा हाल ६० रुपौया केजि देखि ८० रुपौया सम्म बेचविखन भइरहेको सुन्तला प्रतिगोटा १० देखि १२ रुयौंया सम्म बेच्ने गरेको सुन्तला ब्यवसायी बताउन्छन् ।
 


सामाजिक संजाल