लिम्वुवान फोर्स गठन

पुष २१ गते । एमाओबादी ताप्लेजुङले पूर्व जनमुत्ति सेना, जन वर्गीय संगठन र वाईसियल समेटेर  लिम्वुवान फोर्स गठन गरेको छ । सात महिनापछि बसेको जिल्ला कमिटि बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वाईसियल इञ्चार्ज वम वहादुर भट्टराईको नेतृतवमा गठन गरिएको हो । पूर्व सभाषद सञ्चपाल मादेनको संयोजकत्वमा अन्दोलन परिचालन समिति गठन गरेको अध्यक्ष परागले बताए । १५ सय ३५ सदस्यता रहेको कृयासिल कार्यकर्तालाई परिचय पत्र बा“ड्ने लगायतका निर्णय समेत गरेको जानकारी दिइएको छ । कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्य मुक्साम मेन्याङबो मुकेस, पूर्व सभासद सञ्चपाल मादेन,जिल्ला अध्यक्ष खेलप्रसाद वुढाक्षेत्री लगायतले संगठनको बारेमा थप जानकारी गराउनुभएको थियो ।


सामाजिक संजाल