सुस्त मनस्थिती र बहिरा बालबालिकालाई स्विटर वितरण


पुष २१ गते । चिसो मौसम सुरुभएसंगै ताप्लेजुङको अपाङ्ग बाल आवास गृहमा रहेका २० सुस्त मनस्थिती र बहिरा बालबालिकालाई स्विटर वितरण गरिएको छ । आज नगरपालिकामा रहेको अपाङ्ग बाल गृहमा  एक कार्यक्रमको आयोजना गरि गृहका २० बालबालिकालाई स्विटर वितरण गरिएको हो ।  अपाङ्ग उत्थान संघ ताप्लेजुङको आयोजनामा सञ्चालन भएको कार्यक्रममा महिला तथा बालबालिकाको प्रयोजन कार्यालयको (ऋद्यच्० कार्यक्रम अन्तरर्गत वितरण गरिएको अपाङ्ग बालगृह ताप्लेजुङले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला,जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर दर्जी,जिल्ला प्रहरी कार्यालयको प्रहरी निरिक्षक घजेन्द्र बहादुर कार्की,महिला बालबालिका कार्यालयका प्रतिनिधि,बाल संरक्षण अधिकृत सरिता लिङदेन लगायतको उपस्थिती रहेको थियो ।


सामाजिक संजाल