बैद्य माओबादीकोे जिल्ला कमिटि नै बिप्लवमा

पुस १८ गते ।
रेडियो ताप्लेजुङ – बैद्य निकट नेकपा माओबादी बिप्लव नेतृत्वको माओबादीमा बिलय भएको छ । सुक्रवार पत्रकार सम्मेलन गर्दै इञ्चार्ज सुमनले जिल्ला कमिटिनै बिलय भएको जानकारी दिएका हुन् । विहिवार देखि बसेको जिल्ला कमिटिको बैठकले कार्यदिसा, कार्यक्रम र कार्य नीति  राम्रो भएकाले विलय को निर्णय गरेको सुमनले बताए । विगतकै जस्तो सुमन को नेतृत्वमा राज कुमार चुडाल र राजन पौडेल सह–सचिव रहने गरी ५९ सदस्यिय जिल्ला कमिटि समेत बनाइएको जानकारी दिइएको छ । पुष २३ गतेबाट हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुन पा“च जना सर्वसम्मत चयन पनि गरिएको गरी निर्णय समेत गरिएको जनाइएको छ ।  नेकपा – माओवादी स“ग सम्बन्ध बिच्छेद भएको प्रेश बिज्ञप्तीमा जनाइएको छ ।
 


सामाजिक संजाल