अभिभावकले नै राखे शान्ति क्षेत्रको चासो

पौष १५ गते, ताप्लेजुङको डाँडा निम्न माध्यमिक बिद्यालय हाङदेवालाई शान्ति क्षेत्र र नमुना बिद्यालय बनाउन अभिभावक आफैं तातिएका छन् । आज आयोजित कार्यक्रममा अभिभावकको तर्फवाट सञ्चपाल मादेनले गुणस्तरिय शिक्षा नभएसम्म सवल जनशक्ति उत्पादन नहुने भएकाले आफुहरु लागिपरेको बताउनु भयो । जिल्ला शिक्षा अधिकारी, शिक्षक युनियन, संघ, संगठनका प्रतिनिधि, गाउभरीका अभिभावक लगायतका सरोकारवालालाई भेला पारी गरिएको कार्यक्रममा पूर्व सभाषद समेत रहेका मादेनले भन्नुभयो, ‘बिद्यालयमा बन्द हड्ताल भए, पठन पाठनमा नियमितता नभए र स्तरिय कक्षा सञ्चालन नभएसम्म वालवालिकाको बृद्धि बिकास नहुने भएकाले हामि एकता बद्ध भएका हौं ।’ शिक्षा क्षेत्रमा आइन्दा यस्ता गतिविधि नहुने र भए अभिभावकले सामना गर्ने दावी मादेनको छ । ब्यवस्थापन समितिको तर्फवाट योगेश्वर भट्टराईले सम्पुर्ण दल सहितका अभिभावकको प्रतिबद्धता भएकाले, ‘शिक्षक अभिभावक एक जुट होऔं, बिद्यालयलाई नमुना बनाऔं, वालवालिकालाई सिकाई उपलब्दि बढाऔं, सवल र सक्षम नागरिक बनऔं’ भन्ने नारा तय गरिएको बताउनु भयो । यो नाराको पूर्ण कार्यान्वयन हुने भएकाले बिद्यालयले शैक्षिक क्षेत्रमा काचुली फेर्न दावी उहाको छ । अभिभावकलेनै गरेको कार्यक्रममा आफु पहिलो पटक सहभागी भएको बताउनु भएका जिशिअ पूर्ण बहादुर दर्जीले अहिले राज्यलेपनि यस्तै खोजेकाले अरु बिद्यालयले पनि यो नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको थियो । वोली भन्दा ब्यवहार महत्वपूर्ण हुने भएकाले आफु ब्यवहारको पर्खाइमा रहेको उनले बताउनु भयो । युनियन अध्यक्ष छत्रपती प्याकुरेल, गणतान्त्रिक अध्यक्ष कुमार मावो, संगठनका सुरेन्द्र पालुङवा श्रोत ब्यक्ति दुर्गा पौडेल लगायतको उपस्थितिमा १२ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।  प्रधानाध्यापक लिला पौडेलले प्रतिबद्धता पत्र पढेर सुनाउनु भएको थियो ।


सामाजिक संजाल