शान्ति र्याली सहित तमु ल्होसार मनाइयो

पौष १५ गते, देशमा शान्ति कायम गर्न, समयमै जनतालाई संविधान दिन माग गर्दै आज ताप्लेजुङमा पनि  तमु ल्होसार पर्व भब्य रुपले मनाइएको छ । आ–आफ्नो पोशाकमा सजिएका तमु समुदायले तोक्मे डा“डा“को बौद्ध स्तुपा बाट र्याली गरि बिरेन्द्र चोक हु“दै गुम्वा डा“डा“मा पुगेर कार्यक्रममा परिणत भएको थियो । गुम्वामा आयोजित कार्यक्रममा पुजा पाठ गरिनुका साथै १३ गते देखिको कार्यक्रमका बिजयीलाई पुरस्कार, सम्मान प्रदान गरिएको थियो । ल्होसारको अवसरमा भलिवल, चेस, म्याराथन लगायतका कार्यक्रम आयोजना गरिएका थिए ।

मिनि म्याराथनमा सोसित बिजयी
तमु ल्होसारको अवसरमा आज ताप्लेजुङमा आयोजित मिनि म्याराथन प्रतियोगितामा ताप्लेजुङ नगरपालिकाका सोसित गुरुङ, प्रकाश गुरुङ र दिपेन गुरुङ क्रमश प्रथम द्धितिय र तृतिय भएका छन् । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा पोसाकधारी गुरुङ समुदाय मात्रै लाई समावेस गराईको थियो । ५ किलोमिटर दुरी सोसितले १५, प्रकाशले १७ र दिपेनले २० मिनेटमा पार गरेका थिए । प्रतियोगिता सदरमुकाम फुङलिङ परिक्रमा गरी बौद्ध गुम्वामा पुगेको हो । बिजयीलाई क्रमश ५, ३ र २ हजार पुरस्कार दिइएको छ । यसअघि भलिवल, चेस प्रतियोगिता भएका थिए ।

पेलु संघको साधारण सभा
तमु पेलु संघ ताप्लेजुङको तेश्रो साधारण सभाले युगराज गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । प्रथम उपाध्यक्षमा जंग वहादुर, द्धितियमा भिम, सचिवमा राकेश, सह–सचिवमा सरस्वता र कोषाध्यक्षमा उपेन्द्र गुरुङ रहनु भएको संघको प्रचार समितिमा निश्चल गुरुङ रहनु भएको छ ।


सामाजिक संजाल