फाल्गुनन्द गोल्डकप शुरु,उद्घाटन खेलमा झापा विजयी

पौष १५ गते, नेपालका १६ औं राष्ंट्रय विभुती फाल्गुनन्द लिंदेनको स्मृतिमा आयोजित छैठौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता मंगलवारदेखि पाँचथर सदरमुकाम फिदिममा शुरु भएको छ । उद्घाटन चरणमा भएको खेलमा प्रतिश्पर्धी ताप्लेजुङ जिल्ला फुटवल संघलाई १ का विरुद्व ४ गोलले पराजित गर्दै अनारमनी फुटवल क्लव झापा दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको मध्यान्तरपुर्व झापाका तर्फवाट खेल शुरु भएको १० औं मिनेटमा गणेश खड्का र ३५ औं मिनेटमा गणेश गुरुङले गोल गर्दै आफ्नो टिमलाई अगाडी वढाएका थिए । मध्यान्तर पश्चात १८ र ३० मिनेटजाँदा सोहि टिमका करण लिम्वुले थप २ गोल गरी आफ्नो टिमको गोल संख्या ४ पु¥याए । मंगलवारको खेलमा करणलाई नै म्यान अफ दि म्याच घोषणा गरिएको थियो । यता ताप्लेजुङले भने खेलको अन्तिम समयमा १ गोल गरेको थियो । फिदिम स्पोर्टिङ क्लवद्वारा आयोजित प्रतियोगिताको उद्घाटन पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले गरेका थिए । प्रतियोगितामा भुटान,भारत र काठमाण्डौ सहित पुर्वी नेपालका मोरङ,झापा,ताप्लेजुङ र आयोजक गरी ८ टिमको सहभागिता छ । प्रतियोगिता पुष २२ सम्म चल्ने आयोजकले जनाएको छव । वुधवार फ्यान्स क्लव विआरसी भुटान र उर्लावारी फुटवल क्लव मोरङविच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ ।
खेलकुद पत्रकारीता पुरस्कार कोषको स्थापना
यसैविच फिदिमका अगुवा व्यवसायी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिताका नाममा पत्रकारीता पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका छन । नेपाल पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा एक लाख रुपैयाँ बरावरको ‘स्वर्गीय प्रजापति नेपाल खेलकुद पत्रकारीता पुरस्कार कोष’ को घोषणा छैटौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा गरिएको हो । पत्रकार महासंघको संयोजनमा फिदिम स्पोर्टिङ क्बलले सञ्चालन गर्ने गरी कोषको स्थापना गरिएको हो । मेची र कोशी अञ्चलका जिल्लामा रहेर खेलकुद क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने गरि कोषको स्थापना गरिएको हो क्लवले जानकारी दिएको छ ।

 


सामाजिक संजाल