पिकअप सञ्चालकलाई बिकल्प खोज्न प्रजिअको निर्देशन

पुस १४ गते । पा“च जना यात्रु र पछाडिको डब्बामा सामान ओसार्ने प्रयोजन भएको ‘पिकअप’ गाडिको बिकल्प खोज्न निर्देशन दिइएको छ । सवारी दुर्घटना न्युनिकरणका लागि यातायात ब्यवस्थापन सम्वन्धि बृहत अन्तक्रिृया कार्यक्रममा आज प्रमुख जिल्ला अधिकारी डम्बरु बल्लभ निरौलाले यस्तो निर्देशन दिनुभएको हो । जिल्ला यातायात ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका निरौलाले भन्नुभयो, ‘हामि ऐन कानुन लाई कुनै न कुनै दिन कार्यान्वयन गरेरै छोड्छौं, तपाईहरुलाई पूर्व तयारीका लागि जानकारी गराइएको हो ।’
यसअघि पिकअप ब्यवसायीले कृषि उपजका लागि भित्र्याइएको ट्याक्टरले निर्माणका सामान ओसार पसार गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए । अधिक कच्ची सडक रहेको ताप्लेजुङमा ‘फोर विल’ चाहिने र यस्तो अरु गाडिमा नभएकाले  ग्रामिण भेगमा पिक अप को बिकल्प नभएको ब्यवसायीको दावी छ । ब्यवसायी खगेन हाङगामले भने, ‘अगाडी मान्छे र पछाडि सामान बोक्नु पर्ने हो, सामान सबै ट्याक्टरले बोक्छ, नियमनकारी निकायले सबै कुरामा नियम लागु गराउनु पर्यो ।’
ताप्लेजुङमा ६५ बढी पिक अप गाडि छन् । यसले चालक बाहेक पा“च जना मात्रै यात्रु बोक्न पाउने यातायात ब्यवस्था विभाग इलामका प्रमुख अनुज घिमिरेले बताउनु भयो । इन्सुरेन्स पनि पा“च जनाकै मात्रै हुन्छ । छलफलको प्रारंभमा घिमिरेले यातायात सम्वन्धि भएका ऐन, कानुन, स्थानिय निकायमा भएका समझदारी लगायतका बिषयमा जानकारी गराएका थिए । घिमिरेले रुट पर्मिट दिदा अञ्चल उल्लेख भएको र यसले खनिएका सडक सबै रुट पर्मिट भन्ने अर्थ लागेकाले कानुन संसोधनको काम भईरहेको पनि जानकारी दिनुभयो ।
यातायात सञ्चालनका लागि कुन सडक उपयुक्त कुन अनुपयुत्त भन्ने बिषयमा जिल्ला समितिले निर्णय गर्छ । ताप्लेजुङमा पनि पुष २० गते सम्ममा प्रतिवेदन बुझाउने गरी जिल्ला इञ्जिनियरको संयोजकत्वमा समिति बनाइएको छ । हाल सदरमुकाम फुङलिङ बाट खाम्लुङको दोभान, आम्वेगुदिनको खाम्दिङगे, लिंखिमको थीवा, तिरिङगे, फावाखोला, पाथीभरा क्षेत्रको भालुगौंडे लगायतका क्षेत्रमा यातायात सञ्चालनमा छ ।


सामाजिक संजाल