ताजा खबर

हस्तकला व्यापार मेलामा मित्र राष्ट्रका राजदूतहरु

RadioTaplajung

हस्तकला व्यापार मेलामा मित्र राष्ट्रका राजदूतहरु
कार्तिक ३० गते । १६औं हस्तकला व्यापार मेलाको आज दोश्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको थियो । १६औं हस्तकला व्यापार मेलाको आज दोश्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको थियो । मेला अवलोकन गर्न नेपालको लागि राजदूतविभिन्न देशका राजदुतहरु आएका थिए ।
नेपालको लागि जर्मन राजदूत रोनाल्ड स्काफरले विहीबार मेला अवलोकन गरेका थिए । उनले मेला अवलोकन पश्चात छोटो मन्तव्य दिदै नेपाली हस्तकलाको व्यापार स्थानिय बजारमा मात्र सिमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार लिन सक्ने क्षमता रहेको र यसले नेपाली दैनिक जन जीवनमा समेत सकारात्मक असर पार्ने कुरा व्यक्त गरे । त्यसगरी मित्र राष्ट्र भारतका महामहिम राजदूत मन्जीभ सिंह पुरीले नेपाली हस्तकलाको विकास प्रसंसा योग्य रहेको छ । यो क्षेत्र परम्परागत कलाकारितामा मात्र सिमित नभई व्यवसायिकता तर्फ पनि उन्मूख भइरहेको छ । नेपाली र भारतिय जनताको मैत्रीपूर्ण सम्बन्धमा कला र संस्कृतिको अत्यन्तै ठूलो महत्व रहेको छ । यस व्यापार मेलाको प्रगति र निरन्तरताको लागि शुभकामना समेत व्यक्त गरे ।
मेलाको थप आकर्षणको रुपमा अमूर्त साँस्कृतिक सम्पदा अन्तरगत नृत्य प्रदर्शनीको क्रममा मेला स्थलमा चर्या नृत्य, पञ्च बुद्ध नृत्य मञ्चन गरिएको थियो । त्यसैगरी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा ७० वर्ष नाघेको दश जना वरिष्ठ तथा जेष्ठ कलाकारहरुलाई ताम्रपत्र र सगुन सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवाणी राणा र महासंघका अध्यक्ष धर्म राज शाक्यले सम्मान गरिएको थियो । कारोबार

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,