ताजा खबर

ताप्लेजुङमा बलात्कार र बालविवाह बढ्दो,बालविज्याँइमा परेका तीन बालक मकवानपुर बाल सुधारगृह पठाइयो

RadioTaplajung

ताप्लेजुङमा बलात्कार र बालविवाह बढ्दो,बालविज्याँइमा परेका तीन बालक मकवानपुर बाल सुधारगृह पठाइयो
रेडियो ताप्लेजुङ,कार्तिक ३० गते । जिल्लामा बलात्कार,बालविवाह र बालश्रमको बढ्दो अवस्था न्यूनीकरण गर्न विशेष कार्यक्रमको खाँचो औल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले (प्याब्सन कार्यालय) विहिबार आयोजना गरेको वार्षिक समिक्षामा सहभागीले जनचेतनामुलक कार्यक्रममै जोड दिनुपर्ने खाँचो औल्याएका हुन् । फुङलिङ नगरपालिका उपप्रमूख बम बहादुर भट्टराईले (तारा) मानव अधिकारका विषयमा विद्यार्थीमा जनचेतनामुलक कार्यक्रम गर्ने तयारी रहेको बताए । न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमूख भट्टराईले भने,“समस्या मात्र देखाउदैनौ । पहिचान भएका समस्यालाई समाधान गर्ने गरि योजना बनाएर कार्यान्वयन गर्छौ ।” प्रहरी नायब उपरिक्षक संञ्जयसिंह थापाले मानव अधिकारको विषयप्रति सुरक्षाकर्मी गंम्भिर हुने गरेको बताए । पीडितलाई न्याय र पीडकलाई कारवाही गर्नका लागि प्रहरीले कदापी संम्झौता नगर्ने प्रतिबद्धता प्रनाउ थापाले व्यक्त गरे ।
 
एकल महिला सदस्य दिलु श्रेष्ठले ३५ वर्ष कटिएका अविवाहित महिलाले पनि एकल महिलाकै हकमा सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिए । होटल व्यवसायी सँघ उपाध्यक्ष सुरेश सिंघकले होटलमा बालश्रम नगरिएको बताए । उपाध्यक्ष सिंघकले भने,“बालश्रम अन्त्यका लागि व्यवसायी सचेत छौ । कानुनले निषेध गरेको कुरालाई कदापी लागू गर्दैनौ ।” मानवअधिकारको घटनामा अदालतले सफाई दिएकाको विवरण सार्वजनिक गर्न नहुने नेपाली काग्रेस पूर्व सभापति केशब प्रसाद दाहालले जोड दिए । दाहालले भने,“प्रहरी र अदालतबाट इन्सेकले तथ्याङ संकलन गरेर सार्वजनिक गर्छ । स्थानिय तहमा भएका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना किन आउँदैनन् ?” नेपाल बार इकाइका सचिव वलराम भट्टराई र अनेरास्वियू केन्द्रिय सदस्य प्रजिन हाङवबाङले प्रतिवेदनमा शैक्षिक अवस्थाको समेत चित्रण गरिनुपर्ने सुझाव दिए ।
पत्रकार महासँघ कार्यवहाक अध्यक्ष चन्द्र पन्दाकले (प्रयास) बलात्कार बाहेक मानव अधिकारसँग जोडिएका विषयबस्तुलाई इन्सेकले महत्व दिनुपर्ने सुझाव दिए । यातायात व्यवसायी तथा काउन्टर इन्चार्ज टिकेन्द्र नेपालीले सवारी साधनमा १८ वर्षमुनीका बालबालिका भएकाले उनीहरुको व्यवस्थापनमा स्थानिय तहको ध्यान जानुपर्ने खाँचो औल्याए । कार्यक्रमका प्रमूख अतिथि प्रमूख जिल्ला अधिकारी अनुज भण्डारीले इन्सेकको तथ्याङ्क मानव अधिकारको ऐना भएको प्रतिक्रिया दिए । सामाजिक संञ्जालको बढ्दो दुरुपयोग नै चिन्ताको विषय बनेको प्रजिअ भण्डारीले बताए । “स्थानिय तहले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।”प्रजिअ भण्डारीले भने,“यौन शिक्षा प्राथमिकता बन्नुपर्छ । मानवअधिकारप्रति सदैव सचेत बन्नुपर्छ ।”
कार्यक्रममा इन्सेक प्रतिनिधि देवराज गुरुङले सन् २०१८ भित्र जिल्लामा भएका मानव अधिकारको घटना तथा मानव अधिकारको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरे । महिला तथा बालबालिका बलात्कारको शिकार बनेको घटनाले छोरीचेली असुरक्षित बन्दै गएकाले यसतर्फ ध्यान केन्द्रित हुनुपर्ने प्रतिवेदनले औल्याएको छ । १८ वर्षमुनीका ६ जना बालिका र १८ वर्षमाथिक ६ जना  महिला बलात्कारमा परेका छन् । १ जना १८ वर्षमुनीका र ३ जना महिला बलात्कार प्रयासमा परेका छन् । बालविज्याँइमा परेका २ जना बालक र गोबध हत्यामा १ जना गरि ३ जना बालकलाई मकवानपुर बालसुधार गृह पठाएको जिल्ला कारागारलाई उदृत गर्दै इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाडनाता र चिनेजानेकाबाट नै बालिका÷महिला बलात्कृत भएको इन्सेक प्रतिनिधि गुरुङले बताए । गुरुङले भने,“जिल्लामा मानवअधिकारका कुनै घटना नछुटोस भनेर समिक्षा गरिएको हो । मानवअधिकारको अवस्था चित्रित गर्दै कस्तो कार्यक्रम गर्नुपर्छ भन्ने विषयमा बहस गराउनु हो ।” जिल्ला अस्पतालमा गत वर्षको करिब १० महिनाको अवधिमा ६ सय जना सुत्केरी गराएकोमा करिब २ सय बढि १८ वर्षमुनिका आमा पाइएको थियो । यो तथ्याङकले जिल्लामा बालविवाहको अवस्था कस्तो भन्ने चित्रित गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक मार्फत इन्सेकले सन् १९९२ देखि देशका सबै जिल्लामा भएका मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटना अभिलेखिकरण गर्ने गरेको छ । इन्सेकका ७७ जिल्लामा रहेका इन्सेक प्रतिनिधि वर्ष पुस्तकका आधारस्रोत हुन् । जिल्लामा भएका मानव अधिकारका घटनाको प्राथमिक सूचना संकलनपश्चात त्यस्ता घटनाको पुष्टि तथा पुनर्पुष्टिका लागि जनप्रतिनिधि,प्रशासन,प्रहरी,दल,पत्रकार,मानवअधिकारकर्मी तथा सँघ संस्थाको उपस्थितिमा वार्षिक समिक्षा गर्ने गरेको छ । मानवअधिकार संम्बन्धि विषयबस्तुका समाचार तथा तस्बिर इन्सेकको अनलाइनमा नेपाली र अगे्रजीमा समेत प्रकाशित हुँदै आएको छ । नागरिक तथा राजनितिक अधिकार एवंम आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुँदै स्वास्थ्य,शिक्षा,बालविवाह,बालमजदुर,घरेलु हिंसा,हत्या,जातिय भेदभाव इत्यादि विषयमा समिक्षा केन्द्रित बनेको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक