ताजा खबर

आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो

RadioTaplajung

आयोजक माईभ्यालीले कास्की ११ लाई ३–२ ले हरायो
वैशाख ६ । इलाममा बिहीबारबाट सुरु भएको चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा आयोजक माईभ्याली फुटबल क्लब इलामले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा कास्की ११ लाई ३–२ को गोलअन्तरले पराजित गर्दै इलामले क्वार्टरफाइनलको स्थान तय गरेको हो ।

खेलको सुरुबाटै दबाब बनाएको इलामको जितमा मनिस थापाले २ र सुवास राईले एक गोलको योगदान गरेका थिए । थापाले खेलको २० औँ मिनेटमा प्रतियोगिताकै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सुरुमै एक गोलले पछि परेको कास्कीसामु मध्यान्तरपछि ६ं० औं मिनेटमा कप्तान सुवास राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । ६८ औं मिनेटमा  इलामका मनिस थापाले व्यक्तिगत दोश्रो गोल गरी ३–० को अग्रता दिलाएका थिए ।

सुरुवातदेखि नै विपक्षीको दबाबमा परेको कास्कीले भने खेलको ७२ औं मिनेटमा उत्तम गुरुङ र इन्जुरी समयमा रन्दिप गुरुङले एक÷एक गोल गरेका थिए ।

प्रतियोगितामा माईभ्याली फूटबल क्लबका छिरिङ गुरुङ म्यान अफ द म्याच घोषित भए । उनलाई नगद १० हजार रुपैयाँले पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा शुक्रबार पाहुना टिम कावरान प्रगति संघ बंगलादेश र विभागीय टिम सशस्त्र प्रहरीको एपीएफबीच हुने आयोजक समितिका अध्यक्ष धिरेन चेम्जोङले जानकारी दिनुभयो ।

विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

माईभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल १७ वैशाखमा हुनेछ । २०७१ सालदेखि सुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशी पुरस्कारको प्रतियोगिता हो । प्रतियोगिताको उदघाटन एक नम्बर प्रदेश सांसद रामबहादुर मगरले गर्नुभएको थियो ।
                                                        स्रोतःउज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा