ताजा खबर

देशभरिको उडान अबरुद्ध गरेर बार्षिक परिक्षा

RadioTaplajung

बीबीसी । दक्षिण कोरियामा बिहिबार भएको वार्षिक ‘सीएसएटी’ परीक्षामा यसपटक पनि देशभरका करिब ६ लाख विद्यार्थी सहभागी भएका छन् । देश भित्रका प्रतिष्ठित विश्वविद्यालयमा स्थान पाउन यस प्रवेशिका परीक्षालाई दक्षिण कोरियाले धेरै गम्भीरतापूर्वक लिने गरेको छ । यसलाई कोरियामा विद्यार्थी जीवनकै सबैभन्दा महत्वपूर्ण र कठिन क्षण मानिन्छ किनकी यसले उनीहरुको जागिर र सामाजिक स्तरदेखि वैवाहिक सम्बन्धलाई समेत निर्धारित गर्नेछ । त्यसैकारण विद्यार्थीहरु सानै उमेरबाट दिनरात यसको तयारीमा जुट्ने गरेको पाइन्छ ।

लगातार ८ घण्टाको यस लामो परीक्षामा विद्यार्थीहरुलाई सहज वातावरण प्रदान गर्न देशभर विभिन्न तरिका अपनाइने गरिएको छ । बिहानको ८ः४० देखि सुरु हुने भएकाले यस दिन ट्राफिक जाम कम गर्न भनेरै सरकारी कार्यालय लगायत प्रमुख व्यवसायहरु र शेयर बजार समेत ढिला सुरु गर्ने गरिएको छ । त्यसैगरी जाममा फसेका विद्यार्थीहरुलाई समयमा परीक्षास्थलसम्म पुर्याउन ठाउँठाउँमा पुलिसका मोटरबाइकहरु पनि राखिएका हुन्छन् । यति मात्र नभएर देशका सम्पूर्ण उडानहरु समेत आधा घण्टा सम्मका लागि बन्द गराइने गरिएको छ । 
अङ्ग्रेजी सुन्ने परीक्षामा कुनै बाहिरी आवाजले अवरोध नपुर्याओस् भनेर यस्तो गरिएको हो भने दिनभर सबै विमानहरुलाई ३ हजार मिटर माथिको उचाइमा मात्र उडान भर्न पनि निर्देशन दिइएको हुन्छ । बिहीबार पनि यसै कारणले १३४ उडान पुनः निर्धारित गराइएको यातायात मन्त्रालयले जनाएको हो । कुनैपनि बाहिरी श्रोतले विद्यार्थीको ध्यान भङ्ग नगराओस् भनेर नै कोरियाभर विशेष सावधानी अपनाइने गरिएको छ । 

यस दिन अधिकांश अभिभावकहरु भने बौद्धिक गुम्बा र चर्चमा गएर दिनभर आफ्ना छोराछोरीको सफलताका लागि प्रार्थना गर्ने गरेको पाइन्छ । त्यसैगरी यो दिन असफलता, फेल जस्ता शब्दहरु उच्चारणमा नल्याइने चलन पनि रहेको छ । यति मात्र नभएर परीक्षा निरीक्षण गर्ने शिक्षकहरुले आफ्ना जुत्ता समेत आवाज नआउने खालका प्रयोग गर्दछन् । वास्तवमा दक्षिण कोरियाका एक तिहाइ मानिस विश्वविद्यालयको डिग्रीका बावजुद बेरोजगार रहने गरेका छन् । यसैकारण दशकौँदेखि विद्यार्थीहरुबीच राम्रो विश्वविद्यालयबाट पढाइ पूरा गर्न अत्यन्तै कडा प्रतिस्पर्धा हुने गरेको पाइन्छ ।

यसरी विश्वकै सबैभन्दा बढी शिक्षित जनसङ्ख्या भएको देशमा डिग्री गरेको कलेजकै आधारमा व्यक्तिको सामाजिक मूल्याङ्कन हुने हुनाले पनि यो एक दिनलाई पूरै देशले प्राथमिकता दिँदै आएको छ । उता क्षेत्रीय सम्मेलनका लागि हाल सिंगापूर रहेका राष्ट्रपति मुन जे इनले समेत आफ्नो फेसबुक पेज मार्फत सम्पूर्ण विद्यार्थीहरुलाई परीक्षामा राम्रो गर्न शुभकामना दिएका छन् । यसको नतिजा भने आगामी डिसेम्बरमा प्रकाशित हुने बताइएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल