ताजा खबर

बाघको आक्रमणबाट बालिकाको मृत्यु

SITENAME

कात्तिक २९, २०७५ तनहुँ  बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका अस्मिता लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बाघको आक्रमणबाट घाइते बालिका अस्मिताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको उनले बताए। आमा सरस्वती लम्साल र बुबा कृष्ण लम्सालले घर नजिकै खेलिरहेको अवस्थामा बाघले बालिकालाई आक्रमण गरेको बताएका छन्। ‘करिब साँझ ६ बजेतिर घर नजिकै खेलिरहेको बेलामा बाघले आक्रमण गरेको थियो,’ उनीहरूले भने ‘अस्ताल ल्याइपुर्‍याएर पनि छोरीलाई बचाउन सकेनौँ।’

प्रतिकृया दिनुहोस
SITENAME

सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक

फागुन ४ गते ।  चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प९आधार शिविर० घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ । चिनियाँ सञ्चार माध्यमहरुले

दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ

  माघ २२ गते ।  काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको

SITENAME

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम