ताजा खबर

वायने रुनी बन्ने भए फेरि इंग्ल्याण्डको कप्तान, दिइने भयो गार्ड अफ अनर

RadioTaplajung

इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायने रुनीले आफ्नो बिदाई खेलमा राष्ट्रिय टिमको कप्तानी गर्ने भएका छन् । उनले त्यो खेलमा १० नम्बरको जर्सी पनि लगाउने छन् ।

रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन् २०१७ मै सन्यास लिएका हुन् । तर उनले बिहीबार वेम्बलीमा हुने अमेरिकासँगको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डबाट १२० औँ सहभागिता जनाउँदै छन् ।

३३ वर्षका रुनी अहिले अमेरिकाको क्लब डिसी युनाइटेडबाट खेल्दै आएका छन् । मैत्रीपूर्ण खेलमा फाबियन डेल्फले कप्तानका रुपमा खेल सुरु गर्नेछन् र पछि उनले रुनीलाई कप्तानी हस्तान्तरण गर्ने प्रशिक्षक ग्यारेथ साउथगेटले बताएका छन् । रुनीलाई गार्ड अफ अनर पनि प्रदान गरिनेछ ।

म्यानचेस्टर युनाइटेड तथा एभर्टनका पूर्व खेलाडी रुनीले राष्ट्रिय टिमबाट ११९ खेलमा ५३ गोल गरेका छन् । अब उनको राष्ट्रिय टिमको सहभागिता संख्या १२० पुग्ने भएको छ भने गोल संख्या पनि थपिने सम्भावना छ ।

रुनीको कीर्तिमानी फुटबल जीवनको सम्मानका लागि फेरि कप्तानीको अवसर दिइएको फुटबल एसोसिएसनले जनाएको छ । इंग्ल्याण्डले आउँदो आइतबार नेशन्स लिगमा क्रोएसियासँग खेल्नेछ । त्यसमा भने रुनी हुने छैनन् ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा