ताजा खबर

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो
रेडियो ताप्लेजुङ । कार्तिक २७ गते । जिल्लाको फुङलिङ नगरपालिका–३ शसस्त्र प्रहरी चेक प्वाइन्ट नजिकका विवश मगरले भाइटिका लगाउन आएकी आफ्नै बहिनी र दुई भान्जिलाई मंगलबार खुकुरी प्रहार गरि गंम्भिर घाइते बनाएका छन् । वहिनी र दुई भान्जीलाई घाइते बनाएर आफैले आफ्नै पेटमा खुकुरी प्रहार गरेका २३ वर्षीय विवशसहित चारै जना जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् । धनकुटामा विहे गरेकी २६ वर्षिया बहिनी रेनुका मगर भुजेल र भान्जीद्धय ८ वर्षीय कृष्टिना भुजेल र ६ वर्षीया ओरिना भुजेल मंगलबार घर फर्कने तयारीमा थिए ।
 विहान साढे ५ बजेतिर एक्कासी वहिनी र भान्जीलाई खुकुरी प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण थापा मगरले जानकारी दिए । घाइते तीनै जनाको टाउकोमा गंम्भिर चोट लागेको छ । विवशको भने पेटमा गंम्भिर चोट लागेको छ । घाइते चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइएको इन्स्पेक्टर थापामगरले बताए । “खुकुरी प्रहार गर्ने नै गंम्भिर घाइते छ ।,”उनले भने,“घरझगडा र आपसी विवाद समेत नभएको पायौ । तर एक्कासी खकुरी प्रहार गरेपछि आफैमाथि प्रहार गरेको छ ।” सोधपुछ भन्दा उपचार पहिलो प्राथमिकता भएकाले अहिले परिवारका सदस्यसँग मात्र सोधपुछ गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक