ताजा खबर

अमेरिकी डलरको भाउ १६ महीनाकै उच्च

RadioTaplajung

लण्डन (बेलायत) । सोमवार विश्वबजारमा अमेरिकी डलरको भाउ १६ महीनायताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकाको फेडेरल रिजर्भको निर्णय र यूरोप तथा बेलायतमा देखिएको राजनीतिक अस्थिरताका कारण डलरको भाउ बढेको हो ।

अमेरिकाको आर्थिक नतीजा बलियो रहेसँगै अमेरिकी डलरको भाउ बढिरहेको छ । फेडेरल रिजर्भले आफ्नो ब्याजदर स्थिर राख्दै मौद्रिक नीतिमा कडाइ गर्ने बताएसँगै विश्वबजारमा डलरको भाउ बढ्दो क्रममा रहेको हो । विना कुनै सम्झौता ब्रेक्जिट हुने आशङ्का र इटालीको बजेटसम्बन्धी समस्याले यूरोपमा तनाव बढाएसँगै सोमवार बेलायती मुद्रा पाउण्ड स्टर्लिङ र यूरोको भाउ खस्किएको हो । सोमवार यूरोको भाउ शून्य दशमलव ७ प्रतिशत खस्किँदै प्रतिडलर १ दशमलव १२४ पुगेको छ । यो २०१७ को जुनयताकै कमजोर हो ।

सोमवार पाउण्ड पनि १ प्रतिशत घटेर विनिमय दर प्रतिपाउण्ड १ दशमलव २८४१ डलर पुगेको छ । चीन र अमेरिकाबीचको व्यापारिक तनाव र चीनको कमजोर आर्थिक विवरणले पनि अमेरिकी डलरको भाउ बढ्न सहयोग पुगेको हो । जापानी येनको तुलनामा अमेरिकी डलरको मूल्य सोमवार शून्य दशमलव ३ प्रतिशत बढेको छ । यससँगै जापानी मुद्रा र डलरको विनिमय दर प्रतिडलर १ सय १४ दशमलव ११५ येन पुगेको छ । यो अक्टोबर ४ यताकै उच्च हो । अष्ट्रेलियाली डलर पनि सोमवार शून्य दशलमव ४ प्रतिशत कमजोर बन्दै प्रतिडलर शून्य दशमलव ७१९४ पुगेको छ ।

सोमवार कच्चा तेलको मूल्य भने १ प्रतिशत बढेको छ । साउदी अरबले तेलको उत्पादनमा कटौती हुन सक्ने सङ्केत गरेसँगै कच्चा तेलको मूल्य बढेको हो । ब्रेण्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० दशमलव ९८ डलर पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्य भने प्रतिब्यारेल ६० दशमलव ६९ डलर पुगेको छ । साउदीका ऊर्जामन्त्रीले सोमवार आगामी वर्ष विश्वको तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन १० लाख ब्यारेलका दरले उत्पादन कटौती गर्न साउदी सहमत भएको बताएसँगै तेलको मूल्य बढेको हो । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,