ताजा खबर

बुढो बाबुलाई खुकुरी प्रहार गर्ने छोरा पक्राउ

RadioTaplajung

६९ वर्षीय वृद्ध बाबुलाई खुकुरी प्रहार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४, खाल्लेका २८ वर्षीय बिसन कटवाल पक्राउ परेका छन् । 

सोमबार दिउँसो वृद्ध बाबु कालीबहादुर कटवाललाई खुकुरी प्रहार गर्ने बिसनलाई घट्ना लगत्तै पक्राउ गरिएको हो । मानसिक सन्तुलन गुमाएका बिसनको खुकुरी प्रहारबाट वृद्ध बाबुको हात, ढाड लगायत शरीरका अन्य भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी राजकुमार केसीले बताउनुभयो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै, कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालतबाट २०६८ साल असार २४ गते १० वर्ष कैद हुने फैसला सुनाइएका रावाबेँसी गाउँपालिका–६, हौंचुरका ३८ वर्षीय रामचन्द्र राई पक्राउ परेका छन् । 

सोमबार घरबाटै पक्राउ परेका राईलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशमा कैद भुक्तानका लागि सोमबार नै कारागार चलान गरिएको हो । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले