ताजा खबर

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

RadioTaplajung


आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल
 कात्तिक २६ गते ।   नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए ।

चलचित्रको छायांकन आजबाट नै सुरु गर्ने तयारी थियो तर अन्तिम समयमा आएर आकाश श्रेष्ठले चलचित्र ‘वीर विक्रम २’बाट हात झिकेका छन् । उनले आफ्ना हजुरबुवा बिरामी भएको बताउँदै चलचित्रमा समय दिन नसक्ने बताएका हुन् । अचानक हजुरबुवा बिरामी पर्नु भएर उपचारमा आफूले समय दिनु पर्ने भएकोले चलचित्र छाड्नु परेको उनले फेसबुकमार्फत उल्लेख गरेका हुन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै चलचित्र युनिटसँग क्षमासमेत मागेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबै भन्दा पहिला त क्षमाप्राथी छु । मैले खेल्ने भनिएको चलचित्र ‘वीर विक्रम’ म मेरो हजुरबुवा बिरामी भएको हुँदा उहाँको उपचारमा समय दिनु पर्ने कारणले गर्दा यो चलचित्रमा समय दिन नसक्ने भएको छु । मिलन दाइसँग काम गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य थियो र खुशी पनि थिएँ तर यो टिमलाई साथ दिन सकिनँ । म आवद्ध नभए पनि ‘वीर विक्रम २’लाई सफलताको शुभकामना छ । आगामी दिनमा िनर्देशक तथा निर्माता मिलन चाम्स दाइसँग काम गर्ने व्यग्र प्रतिक्षामा रहनेछु । धन्यवाद ।’

आकाशले काम नगर्ने भ पछि चलचित्र ‘वीर विक्रम २’मा नायक पल शाहले काम गर्ने पक्का भएको छ । चलचित्रमा आकाशले गर्ने भनिएको भूमिका अब पल शाहले गर्ने पक्का भएको हो । चलचित्रको छायाँकन अबको केही दिनभित्रमा नै गर्ने निर्माण युनिटले बताएको छ ।

चलचित्रमा आकाश श्रेष्ठलाई अनुबन्धित गर्नुअघि नै नायिका वर्षा सिवाकोटीलाई फाइनल गरिएको थियो  । नायक अनमोल केसीको समय नमिलेपछि निर्देशक मिलन चाम्सले ‘वीर विक्रम २’मा आकाश श्रेष्ठलाई  अनुबन्धित गरेको बताइएको थियो ।

उज्यालो अनलाइन र गफगाफ डटकम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण