ताजा खबर

एचआईभी सर्ने डरले डाक्टरले गरेनन् पोस्टमार्टम

RadioTaplajung

एचआईभी सर्ने डरले डाक्टरले गरेनन् पोस्टमार्टम
 कात्तिक २५ गते ।  धादिङ – एचआईभी संक्रमित महिलाले विष सेवनबाट आत्महत्या गरेपछि उनको पोस्टमार्टम गर्न जिल्ला अस्पतालका डाक्टारले इन्कार गरेका छन् ।

अवश्यक उपकरण र पोस्टमार्टम गर्दा लगाउने सुरक्षा दिने किसिमको कपडालगायतका सामाग्री नभएकोले शिक्षण अस्पतालमा प्रेषण गरिएका डाक्टर पुष्कर पन्तले संचारकर्मीहरुसँग आक्रोसित हुँदै भन्नुभयो ‘म गर्न सक्दिन भनेपछि किन धेरै सोधिखोजी गर्न आएको रु एचआईभी संक्रमित भएकोले मलाई सर्ने खतरा हुन्छ त्यसैले शिक्षण अस्पतालमा रिफर गरिएको हो ।’

जिल्ला अस्पताल धादिङमा छुट्टै शव गृह नभएको र लास राखिने चिस्यान केन्द्र ९फ्रीज० नभएकोले लामो समय राखिने शवका कारण दूर्गन्ध फैलिने गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नं ५ की एचआईभी संक्रमित ३७ वर्षीया कोपिला श्रेष्ठले घरका तरकारी बालीमा हाल्न ल्याइएको किटनाशक औषधि खाएपछि शुुक्रबार उपचारको लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको थियो ।

काठमाडौं लैजाँदै गर्दा धार्के बजारमा पुग्दा मृत्यु भएपछि प्रहरीले जिल्ला अस्पताल फर्काएको थियो । जिल्ला अस्पतालले पोस्टमार्टम नगर्ने भनेर रिफर गरेका कारण उनको शवलाई शनिबार काठमाडौं शिक्षण अस्पताल लगिएको मृतकका श्रीमान शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०६२ सालतिर एचआईभी संक्रमण भएकी कोपिलाको २०६६ सालमा मा शंकरसंग विवाह गर्दा नियमित औषधी सेवन गरिरहेकी थिइन् । कोपिलाले आत्महत्या गर्नुको कारण अनुसन्धानपछि मात्रै थाहा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले