ताजा खबर

ओलम्पिक फुटबल छनोट : नेपालले आज म्यानमारसँग खेल्दै

RadioTaplajung

ओलम्पिक फुटबल छनोट : नेपालले आज म्यानमारसँग खेल्दै
 कार्तिक २५ गते ।  ओलम्पिक अन्तर्गत एसिया छनौट फुटबलमा नेपालले आइतबार घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा ५ बजेदेखि सुरु हुनेछ । समूह सी मा रहेको यस खेलमा घरेलु टोली म्यानमारले बंगलादेशमाथि ५–० को जित निकाल्दै स्पष्ट ३ अंक जोडिसकेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपालले पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको छ । आजको खेलमा म्यानमारलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुने छ भने पराजित भएमा अन्तिम खेलमा बंगलादेशसमाथि जित्नै पर्ने दबाब हुने छ ।

नेपालले अन्तिम खेलमा मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा, रुपा रानामगर, लीला लाम्गादे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने तथा स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

नेपाली टोलीको प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र र टोली नेतामा दीर्घबहादुर केसी तथा व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।
 उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा