ताजा खबर

चार वर्षदेखि प्रेम सम्बन्ध:यौन प्यास मेटेपछि १५ वर्षीय किशोरीको हत्या

चार वर्षदेखि प्रेम सम्बन्ध:यौन प्यास मेटेपछि १५ वर्षीय किशोरीको हत्या

६ बैशाख । मानिसहरु प्रेम किन गर्छन् ? जीवन खुसी बनाउन ? वा अकालमै जीवन गुमाउन ? अधिकांशकको उत्तर आउँछ, खुसी बनाउन र एक अर्काको दुःख, सुखमा साथ दिन ।

तर, कतिपय मानिसका प्रेम सम्बन्धहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित हुने गरेका छन् ।

रुपन्देहीमा यस्तै एउटा उदेक लाग्दो घटना भएको छ । रुपन्देहीस्थित ओमसतिया गाउँपालिका–६ की १५ वर्षीय किशोरी पनि प्रेम सम्बन्धभित्रको स्वार्थको शिकार बनेकी छन् ।

प्रहरीका अनुसार स्थानीय १८ वर्षीय युवक प्रेम सागर केवटसँग विगत तीन वर्षदेखि उनी प्रेम सम्बन्धमा थिइन् । युवकले प्रहरीलाई दिएको बयान अनुसार गत ३ बैशाखमा युवतीसँगै उनले रात विताए । त्यस दिन राति उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो ।

‘सम्बन्ध राखेको भोलिपल्ट बिहानै उसैका कपालले घाँटी कसेर हत्या गरेको बयान उसले दिएको छ’, रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने । युवक पेशाले ज्याला मजदुरी गर्थें ।

अन्तिम पटक ३ बैशाखमा राति ९ बजे घरबाट निस्किएकी युवती बेपत्ता भएपछि परिवारले गाउँलेको सहायतामा खोजी सुरु गरेका थिए । त्यस क्रममा ४ गते बिहान ८ बजे ओमसतिया–६, स्थित खाली खेतमा युवतीको शव फेला परेको थियो । लगत्तै, इलाका प्रहरी कार्यालय, धकधइको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।
स्रोतः अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले