ताजा खबर

चीरको धुर कटाउँदै सकियो ओलाङचुङगोलाको फुटुकपर्व

चीरको धुर कटाउँदै सकियो ओलाङचुङगोलाको फुटुकपर्व
रेडियो ताप्लेजुङ,कार्तिक २२ गते । आगोको ज्वालालाई गुम्बाको धुरी कटाउँदै पर्यटकीय गाउँ ओलाङचुङगोलामा यसवर्षको फुटुक पर्व बुधबार राती सकिएको छ । औंसीको रात आगाको ज्वाला सहितको चीर गुम्बाको धुरी कटाएपछि फुटुकपर्व विधिवत रुपमा सकिन्छ । त्यही दिनको दिउसो मुख्य लामाले देव नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको छ ।
ज्वालाले धुरि कटे गाउँमा असान्ती, अनिकाल, महामारी हुँदैन भन्ने जनबिश्वास रहेको वडाअध्यक्ष छेतेन भोटे बताउनु हुन्छ ।  ओलाङचुङगोला फक्तालुङ गाउँपालिका वाड्नं ७ मा पर्छ । यो वडामा दुईवटा बस्ति मात्रै रहेका छन । एउटा गोलामा र अर्को याङमामा । गोलामा ५७ र याङमामा ११ परिवारको बसोवास रहेको छ । यहा मनाइने सबैभन्दा ठुलो यो पर्वमा दुवै गाउ“का भेला हुन्छन । घर वाहिर रहेकापनि योपर्वमा अनिवार्य भेला हुने गरेका छन ।
पर्वकोवेला यहाँ प्रत्येक वर्ष मुख्य लामा वाहिरवाट ल्याइन्छ । पर्वका लागि यहाँ जन्मेर देशविदेशमा गएकाहरुले सहयोग गर्दै आएका छन ।  

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक