ताजा खबर

एकै ओभरमा ४३ रन बनाएर विश्व रेकर्ड

RadioTaplajung

न्यूजिल्याण्डको घरेलु क्रिकेटमा एउटा रेकर्ड बनेको छ । हेमिल्टनको सेडोन पार्कमा भएको एकदिवसीय खेलमा एकै ओभरमा ४३ रन बनेको छ । यो रेकर्ड जो कार्टर र ब्रेट ह्याम्पटनको जोडीले बनाएको हो । 

नर्दन डिस्ट्रिक्ट्सको तर्फबाट खेल्दै जो कार्टरले नटआउट १०२ रन) र ब्रेट ह्याम्प्टनले ९५ रन बनाएका हुन् । सेन्ट्रल डिस्ट्रिक्ट्सका तीव्र गतिका बलरर विलेम लुडिकले एकै ओभरमा ४३ रन खर्चेका हुन् । 

लुडिकको त्यो ओभरमा पहिलो बलमा चौका, दोस्रो र तेस्रो बलमा नोबलसहित छक्का, त्यसपछि एक रन र लगातार तीन वटा छक्का भएको थियो । एकै ओभरमा ४३ रन बनेको यो लिस्ट ए क्रिकेट प्रतियोगितामा वर्ल्ड रेकर्ड पनि हो । 

लिस्ट ए क्रिकेटमा एक ओभरमा सर्वाधिक रन

जो कार्टर/ब्रेट ह्याम्प्टन(बलर –विलेम लुडिक) ४३ रन, २०१८/१९
एल्टन चिंगुबुरा(बलर – अलाउद्धीन बाबू) ३९ रन, २०१३/१४
जेपी डुमिनी(बलर –एडी ली) ३७ रन, २०१७/१८

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा