ताजा खबर

रोनाल्डोले गरे उत्कृष्ट पहिलो गोल, तर युभेन्टसलाई जोगाउन सकेन

RadioTaplajung

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको गोलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।

च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको समूह एच को खेलमा युभेन्टस जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको हो ।

यो खेलमा सबै गोल दोस्रो हाफमा भएका हुन् । म्यानचेस्टर युनाइटेडका लागि विजयी गोल अन्तिम मिनेटमा युभेन्टसका खेलाडीले गरिदिएका हुन् ।

पहिलो हाफ गोलरहित भएको खेलमा ६५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोली युभेन्टसलाई सुरुवाति अग्रता दिलाए ।

अन्तिम चार मिनेट बाँकी हुँदा आन माटाले युनाइटेडका लागि बराबरी गोल फर्काए । माटाले फ्रि–किक मार्फत गरेको गोल नै युभेन्टसले यो सिजन च्याम्पियन्स लिगमा खाएको पहिलो गोल बन्यो ।

त्यो भन्दा घातक बन्यो अन्तिम एक मिनेटको समय । ८९ औँ मिनेटमा युभेन्टसका एलेक्स सान्ड्रो लोबो सिल्भाले जोगाउन खोज्दा खोज्दै आत्मघाती गोल गरे र युनाइटेडको जित सुनिश्चित गरिदिए ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा