आज लक्ष्मीपुजा : घरघरमा धान्यकी देवी लक्ष्मीको पुजा

SITENAME

यमपन्चकको तेस्रो दिन आज दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिन्छ ।

साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गदिर्नन् भन्ने भनाइ छ ।

सबैतिर सफा राखी आँगन , दैलो­सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भ¥याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भत्रे गरिन्छ । झिलिमीली पार्न विद्युतीय वत्ति , मैन वत्ति , दियोमा वत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपासको प्रयोग गरिन्छ ।

गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूति वा तस्वीरमा पुजा गरिने परम्परा छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास छ । लक्ष्मीपुजाका दिन विहानै पुजा कोठा, पसल, उद्योगलगायतमा सरसफाई गरी फुलको माला लगाइदिने चलन छ । लक्ष्मि पुजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।

घरघरमा लक्ष्मी पुजा गरिसकेपछि युवती तथा साना केटाकेटीहरु समूह बनाई घरघरमा भैलो खेल्न हिड्ने गर्छन् । परम्परा अनुसार गोरु र गोर्वधन तिहारका दिन देउसी खेल्ने गरिन्छ ।

सत्ययुगमा वामन अवतार विष्ण्ँुाले तीन पाउ भूमि माग्दा दानवराज बलिले भगवानलाई सन्तुष्ट पारेर दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको पुराणमा छ ।

युवतीहरुले हरियो गोबरले लिपेको बोलको तथा पुरुषले देउसीले भनेर भैली खेल्ने गर्छन् । भैलो खेल्न घर आँगनमा आएकाहरुलाई सेल रोटी र दक्षिणा सहित विदा गरिन्छ ।

प्रतिकृया दिनुहोस
SITENAME

लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि

कपिलवस्तु – बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ । विश्व शान्ति र भाइचाराको भावना

SITENAME

फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण

कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ ।  शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी

SITENAME

तोडियो पप्पुसँगको ठेक्का सम्झौता

पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाई आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जनश्रोत तथा सिंचाई विभागले ठेक्का तोडेको छ। बाँकेमा निर्माणाधिन