ताजा खबर

साउदीले यमनमा अमेरिकी बम प्रयोग गर्नै जानेन :-ट्रम्प

RadioTaplajung

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हमला गर्दा साउदीले अमेरिकी बम प्रयोग गर्नै नजानेको उल्लेख गरेका छन् । आइतबार एक अन्तर्वाताका क्रममा उनले यस्तो बताएका हुन् । गत अगस्टमा साउदीले गरेको सो प्रहारमा एक स्कुलबसमा बिस्फोटन भएपछि ५१ मध्ये ४० बालबालिकाले ज्यान गुमाएका थिए । 

 

यसै घटनालाई व्याख्या गर्दै ट्रम्पले त्यसलाई ‘हरर शो’ बताएका हुन् । साथै उनले हमलामा प्रयोग भएको हाियतर अमेरिकामा निर्मित भएपनि त्यसमा अमेरिकी अधिकारीको कुनै संलग्नता नरहेको भने स्पष्ट पारेका हुन् । उनले भने, ‘हामी त्यस्तो जथाभावी काम कहिल्यै गर्दैनौँ । हामीसँग भएका मान्छे आफ्ना काममा विश्वकै उत्कृष्ट मानिन्छन् ।  त्यसकारण यस्तो भयङ्कर गलती हतियार चलाउन नजान्नेले मात्र गर्न सक्छ ।’

यसअघि अमेरिकाले संयुक्त राष्ट्रद्वारा आयोजित राजनीतिक छलफलमा पनि यमनमा जारी युद्ध अन्त्य गर्न पहल गरेको थियो । यमनलाई युद्धभूमीका रुपमा प्रयोग गर्दै ईरान र साउदीले एकअर्कामाथि हमला गर्न थालेपछि अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले दुवै पक्षलाई तीस दिनभित्र सबै काममा टुङ्गो लगाउन भनेका थिए । यमन युद्धमा २०१५ देखि हालसम्म १० हजार मानिसले ज्यान गुमाइसकेका छन् जसमा अमेरिकाको भूमिकालाई पनि प्रमुख मानिदै आएको छ । यसअघि पनि साउदीलाई अरबौँ डलर बराबरका हतियार विक्री गरि लडाईँमा साथ दिएको आरोपमा अमेरिकी प्रशासनको कडा आलोचना भएको थियो । यस्तोमा सो दुर्घटनाका लागि अमेरिकालाई पनि दोषी ठहर गरिएको हो । तर यसको बचाउ गर्दै ट्रम्पले भने, ‘हामीले साउदीसँग धेरै विषयमा कुरा गर्नुछ किनकी निश्चित रुपमा हामी पनि हाम्रो हतियारको प्रयोग बालबालिकाको स्कुलबसमाथि भएको हेर्न चाहदैनौँ । ’

 

यमनमा जारी यस प्रकारका लडाईँले त्यहाँका २ करोड बढी जनसङ्ख्यालाई विदेशी सहयोगको भरमा बाँच्न बाध्य बनाएको छ भने ८० लाख भन्दा बढी भोकमरीको जोखिमा रहेका छन् । यसबारेमा बोल्दै ट्रम्पले पनि त्यहाँको स्थिति ज्यादै दुःखदायी रहेको र सो ठाउँ अहिले पृथ्वीकै भयानक भएको उल्लेख गरेका हुन् । अगस्टको यसै घटनापछि अमेरिका र साउदीबीच विभिन्न समस्या आएको थियो । त्यसैमाथि अमेरिकास्थित साउदी पत्रकार जमल खासोग्जीको अपहरण र हत्याको घटनाले दुईबीचको सम्बन्धलाई थप संकटमा पारिदिएको फक्स न्युजले जनाएको छ । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल