ताजा खबर

पाथीभरामा सिक्किमका कानुन मन्त्रीले ५० हजार २ रुपियाँ भारु चढाए !

RadioTaplajung

पाथीभरामा सिक्किमका कानुन मन्त्रीले ५० हजार २ रुपियाँ भारु चढाए !
रेडियो ताप्लेजुङ,कार्तिक १८ गते । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा सिक्किम सरकारका मन्त्रीले आइतबार भारु ५० हजार २ रुपियाँ (भेटी) चढाएका छन् । दर्शनका लागि आएका सिक्किम सरकारका कानुन मन्त्री विक्रम प्रधानले उक्त रकम चढाएका हुन् । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्र्धन समिति अध्यक्ष तारानाथ घिमिरेलाई उक्त रकम (भेटी) प्रदान गरेका हुन् । स्वागत कार्यक्रममा बोल्दै कानुन मन्त्री प्रधानले भने,“पाथीभराको दर्शन गर्ने रहर पुरा गरियो । पाथीभरा साँच्चीको स्वर्गको टुक्रा झै रै छ !” रकम ग्रहण गर्दै अध्यक्ष घिमिरेले भारतमा रहेका नेपालीभाषीले पाथीभराप्रति देखाएको सदभाव र ममताप्रति धन्यबाद ज्ञापन गरे । प्रतिनिधिसभा सांसद योगेश कुमार भट्टराई,जिल्ला समन्वय समिति प्रमूख घनेन्द्र मादेन,प्रमूख जिल्ला अधिकारी अनुज भण्डारीसहित जनप्रतिनिधी तथा कर्मचारी टोलीले स्वागत गरेका थिए । आइतबार विहान दर्शन गरि सदरमुकाम फर्किएका मन्त्री प्रधानलाई पाथीभराको फोटो मायाको चिनो स्वरुप प्रदान गरिएको पाथीभरा क्षेत्र विकास समिति सदस्य गोपाल न्यौपानेले जानकारी दिए । भारतको सिक्किमवाहेक दार्जिलिङ,आसाम,खर्साङ,मनिपुर लगायत विभिन्न ठाउँबाट वर्षेनी हजारौको संख्यामा पाथीभरा दर्शनका लागि आउने गरेका छन् ।
फोटो पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संम्बद्र्धन समिति अध्यक्ष तारानाथ घिमिरेको फेसबुकबाट साभार  

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक