ताजा खबर

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्

RadioTaplajung

पूर्वमन्त्री एवं मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर रहेनन्
कार्तिक १८ गते। पूर्वमन्त्री एवं मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा उपचारको क्रममा आइतबार काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको छ । उनको दिउँसो २ बजेर ४ मिनेटमा कार्डियो रेस्पिरेटोरी फेलियर र मल्टिपल अर्गेन फेलियरका कारण निधन भएको अस्पतालले जनाएको छ ।
तुलाधरलाई मस्तिष्कघात भएपछि ६ गते शुक्रबार अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मृगौलामा समस्या देखिएपछि डायलाइसिसका लागि अन्नपूर्ण न्यूरो अस्पतालबाट कार्तिक १३ गते बेलुकी नर्भिक अस्पतालको आइसियूमा सारिएको थियो। नर्भिकमा तीनपटक डायलाइसिस लगायतको अन्य समस्याको उपचारपश्चात् पनि उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि केही दिन अघि भेन्टीलेटरमा राखिएको थियो। बिहान ९ बजे उनको स्वास्थ्य अवस्था नाजुक भएपछि तीनपटक सीपीआर गरिएको अस्पतालले जानकारी दिएको छ।

थ्बmबजब
तत्कालीन कम्युनिस्ट पार्टीहरुले समर्थनमा जनपक्षिय उम्मेदवारका रुपमा राष्ट्रिय पञ्चायतको सदस्य समेत भएका उनी प्रखर वक्ताका रुपमा परिचित छन्। बहुदल आएपछि उनले सूर्य चिह्न लिएर चुनाव लड्दै सांसद समेत भएका थिए। उनी २०४८ र २०५१ मा गरी दुईपटक सांसद भएका थिए। उनले २०५१ सालमा स्वास्थ्य मन्त्रीका रुपमा समेत काम गरेका थिए।

पछिल्लो समय आदिवासी जनजातीहरुको अधिकारका लागि आवाज उठाउँदै आएका उनले नेपालमा मानव अधिकारवादीका रुपमा परिचय बनाएका छन्। तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा

RadioTaplajung

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

  फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले

RadioTaplajung

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय

ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय   फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्