ताजा खबर

ट्रम्पको सिरिया युद्ध

RadioTaplajung

ट्रम्पको सिरिया युद्ध वैशाख ६ । ‘मेरा प्रिय अमेरिकी नागरिकहरू केही क्षणअघि मैले अमेरिकाकी सैन्यशक्तिलाई सिरियाली तानाशाह बसर अल असदले रासायनिक हतियार राखेको ठेगानामा आक्रमण गर्न आदेश दिएको छु । यस सैन्य कारबाहीमा फ्रान्स र संयुक्त अधिराज्यका सैन्यशक्ति सम्मिलित छन् । हामी उनीहरू दुवैलाई धन्यवाद दिन चाहन्छौँ ।’ सिरियाली समय अनुसार अप्रिल १५ बिहान २ बजे थालिएको आक्रमण ४५ मिनेटसम्म चल्यो । उत्तरपूर्वी सिरियास्थित होम्स सहरको सरकारी सैन्य अखडामा साइप्रसस्थित अमेरिकी बेडाबाट मिसायल दागिएका थिए । भूमध्य सागरमै रहेको अर्को सवमेरिन जहाजमा भएका फाइटर विमानहरूले राजधानी दमास्कसकै दुई सैन्य शिविर नजिकका सेन्टिफिक रिसर्च सेन्टरमा मिसाइल दागेका थिए । रूसले भने दागिएका १०३ मिसाइलमध्ये ७१ वटालाई बीचमै ध्वस्त पारेको दाबी गरेको छ । पेन्टागनले भने यसलाई ‘झुटो’ भनेको छ । जे होस्, झिसमिसे बिहानमा ट्रम्पले सदाझैँ ट्विट गरेर ‘मिसन एकम्पिलिस’ ९विशेष काम सम्पन्न० भएको जानकारी दिए । आक्रमपछि दुवै पक्षमा भनाइ आए । रूसका भ्लादिमिर पुटिनले ‘उद्दण्डतापूर्ण कार्य’ भने र राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरे । इरानका सर्वश्रेष्ठ नेता अयातोल्ला अली खुमेनीले आक्रोश पोखे, ‘यो सैन्य अपराध हो । अमेरिकी, फ्रान्सेली राष्ट्रपतिहरू र बेलायती प्रधानमन्त्री अपराधी हुन् ।’ जर्मन चान्सलर एंगेला मर्केलले ‘आक्रमणलाई आवश्यक र उचित’ भनिन् । ‘दुमा’मा रासायनिक हतियार प्रयोगमार्फत हत्याकाण्ड चलेपछि सिरियाली सत्ता दुरुपयोग रोक्न यो आक्रमण हुनपथ्र्यो’, उनको भनाइ थियो । चीनले ‘सुरक्षा परिषद्लाई अलग्याएर र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर गरिएको सैन्य कारबाही’को निन्दा गर्‍यो । क्यानाडा, युरोपिएन युनियन, नाटो र इजरायलले आक्रमणको समर्थन गरे । युद्ध ग्रसित इराकले ‘सिरियाली सैन्य ठेगाना साँधेर गरिएको यो त्रि–देशीय आक्रमणले यो क्षेत्र ९समुच्च अरब तथा उत्तर अफ्रिकी भूभागमा० आतंकवाद बढ्नमा मद्दत गर्ने’ बतायो । तीनजना मारिएको कारबाहीमा रिसर्च सेन्टर ध्वस्त हुनपुग्यो । आक्रमणको तुलनामा नोक्सान कम भयो, तर प्रतिक्रिया विशाल आए । कुदेता तथा द्वन्द्वको संक्षिप्त इतिहास इस्लामिक शताब्दीमा सिरिया मिश्रको मामलुक सुल्तानियतको अधीनस्थ थियो । बिसौँ शताब्दीको दोस्रो दशक सुरु हुँदानहुँदै आधुनिक सिरिया फ्रान्सको अधीनस्थ हुनपुग्यो । १९४५ अक्टोबर २४ मा सिरिया स्वतन्त्रतासहित ‘संसदीय गणतन्त्र’ तथा राष्ट्र संघको संस्थापक सदस्य बन्न पुग्यो । स्वतन्त्रतापछि पनि त्यहाँ अप्ठ्यारा दिनहरू आए । सन् १९४९ देखि १९७१ सम्म धेरै सैनिक–कू भए । सन् १९५८ मा मिश्रेली संघमा आबद्ध भएर युनाइटेड अरब रिपब्लिक हुनपुग्यो । फेरि १९६१ म अर्को ‘कू’पछि ‘अरब रिपब्लिक अफ सिरिया’को संविधान निर्माणका लागि जनमत संग्रह गराइयो र संविधान जारी गरियो । सन् १९७१ पछि हाफेज अल असद बाथ पार्टीको नेताको हैसियतमा राष्ट्रपति बन्न पुगे । तर १९६३ मा संविधानका अधिकांश बुँदालाई सकाएरआपत्कालीन कानुनमार्फत सन् २०११ सम्म बाथ पार्टीको शासन चल्यो । बाउ असदको सन् २००० मा मृत्युपछि बसर अल असाद राष्ट्रपति बनाइए । आधिकारिक रूपमा अहिले पनि उनै राष्ट्रपति छन् । अरब विद्रोहको राप लिबिया, मिश्र हुँदै सिरिया र जोर्डन पनि पुग्यो । २०११ को मार्चमा अकस्मात नागरिक स्वतन्त्रतको नारा लाग्यो र असद पारिवारिक शासन व्यवस्थामा थुनिएका राजनीतिक बन्दी रिहाइको माग गरियो । चार दशकपछि पहिलोपटक सिरियामा असद परिवारको विपक्षमा दक्षिणको देरा सहरमा आन्दोलन सुरु भयो । त्यही वर्ष जुलाईमा रियाद अल असद नामक कर्नेलले सैनिक कमाण्ड त्यागेर सिरियन आर्मी विरुद्ध टर्कीको आधार क्षेत्रमा ‘फ्रि सिरियन आर्मी’ गठन गरी विद्रोहका लागि इस्लामी समूह निर्माण गरे । वर्तमान आईएसआईएसको माउ यही ‘फ्रि सिरियन आर्मी’ थियो । अमेरिकाको तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टन र साउदी अरेबियाका सुल्तानले यो ‘आईएस आर्मी’ हुर्काउन ठूलो योगदान गरेका थिए । इरान र रूसलाई थर्काउन थालिएको यो खेतीको अन्तर्राष्टिय प्रेसमा त्यतिबेला निकै चर्चा भयो । मार्च २०१२ मा विद्रोही सेनाको बलियो क्षेत्रका रूपमा परिचित होम्स सहरमा असद सरकारले बम वर्षाएरै नियन्त्रणमा लियो । त्यसपछि अन्य धेरै खुन–खराबायुक्त अभियान चालिए । तर सन् २०१४ मा सिरियाको उत्तरी भूभागमा यो आर्मी दुई गुटमा विभाजित भयो । पहिलो विद्रोही र दोस्रो जेहादी ९आईएसआईएस० अनि आपसमै युद्ध गर्न सुरु गरे आईएसले विद्रोही सेनाको कब्जाबाट पहिलो क्षेत्रीय राजधानी राका आफ्नो कब्जामा लियो । आईएसमाथि अमेरिकी गठबन्धनले आफैँले सेप्टेम्बर २०१४ आक्रमण गर्‍यो । यसले उत्तरमा रहेको कुर्दिस समूहलाई कुर्दिस स्वशासित प्रशासन चलाउन सहयोग पुग्यो । त्यसपछि सन् २०१५ मा रूसीहरू कस्सिएर असद सरकारलाई हवाई आक्रमणमा सघाउन थाले । यसले उसलाई गुमाएको क्षेत्र पुनस् कब्जा गर्न सहज भयो र सन् २०१६ मा पहिले गुमाइसकेको अलेप्पो सहर पुनस् कब्जामा लियो । यसैबीच मध्य सिरियाको हामा सहरमा भएको सरकार विरोधी र्‍यालीमा भयानक कारबाही थालियो र २०१३ को सुरुमा दमास्कस छेउमा रासायनिक हतियारका कारण १४ सयभन्दा बढी मानिस मारिए । सेप्टेम्बर २०१३ मा असद सरकारको नियन्त्रणमा रहेको रासायनिक हतियार नष्ट गर्न राष्ट्र संघको संयोजनमा रूस र अमेरिकी प्रतिनिधिहरूको रोहवरमा जाँचबुझ गर्ने कमिटी बन्यो र सरकारी भण्डारणका सयौँ टन रासायनिक ग्यास भण्डार नष्ट गरियो । सन् २०१५ र १६ मा पनि राष्ट्र संघकै निगरानीमै त्यो टोलीले काम गरिरह्यो । २०१७ जनवरीमा रूस, इरान र सिरियाली सरकार मिलेर टर्की९जो विद्रोहीहरूको सहयोगीमध्ये एक थियो० समेतको सहयोगमा सरकार र विद्रोहीबीच समझदारी बनाउन कजाकस्तानमा एउटा वार्ता व्यवस्थापन गरे, जुन गृहयुद्ध घटाउने एउटा प्रक्रियाको थालनी थियो । यी चारैथरी सिरियालाई ‘डि–स्कालेसन जोन’ घोषणा गर्न चाहन्थे । अमेरिकी गठबन्धनलाई यो चित्त बुझिरहेको थिएन । अप्रिल २०१७ मा विद्रोहीहरूको कब्जामा रहेको खान–सेइखुन सहरमा ‘सरिन’ नामक रासायनिक ग्यास हमला भयो र ८० जना मानिसको ज्यान गयो । त्यस लगत्तै नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा पेन्टागनले ६ अप्रिल २०१७ मा सिरियाली सरकारको अधीनस्थ सहेरथ मिलिटरी एयरवेसमा ५९ वटाट्रमह्वाक क्रुज मिसाइल प्रहार गर्‍यो । तर रासायनिक हतियार कसले प्रयोग गरेको थियो भन्ने खोजी भएन । जनवरी २०१८ मा टर्कीले कुर्दिस समूह विरुद्ध हमला बोल्यो । कुर्दिसहरूले आईएसलाई शक्तिहीन बनाउन अमेरिकालाई पछिल्लो घडीमा मद्दत गरेका थिए । फेब्रुअरी २०१८ मा असदको सरकारले रूसीहरूको सहयोगमा दमास्कसकै नजिकको सहर पूर्वी घौटामा विद्रोहीमाथि धावा बोले, जहाँ १२ सय मानिसको ज्यान गयो । यस पटक अप्रिल ७ का दिन पूर्वी घौटाकै नजिकैको बजार दुमामा भएको ग्यास हमलामा ५७ जना हताहत भए । त्यो आक्रमण असदको सरकारले नै गराएको भन्ने अपुष्ट समाचारपछि अप्रिल १४, २०१८ मा तीन देश अमेरिका, फ्रान्स र बेलायतले संयुक्त हमला गरे । युद्धको वैधानिकता र नेतृत्वको विश्वसनीयता आक्रमण गर्न गठबन्धन राष्ट्रहरू किन हतारिए रु ‘मिसन एकम्पलिस’ भन्ने शब्द किन प्रयोग गरियो रु ‘मानवीयता संरक्षणका लागि आक्रमण’ भन्ने शब्दावलीको प्रयोग किन अविश्वसनीय बन्यो रु यतिबेला ओइरो लागेका यी प्रश्नको जवाफ भने कतैबाट आइरहेको छैन । लेबर प्रेसिडेन्ट तथा बेलायती संसद्का प्रमुख प्रतिपक्षी नेता जेरेमी कोर्बिनले त आक्रमणको वैधानिकतामाथि नै प्रश्न उठाए । आक्रमण गर्नु अगाडि राष्ट्र संघका जाँचकीहरू पठाएर असद सरकारले गरेको हो या होइन भन्ने टुंगो लगाउनुपथ्र्यो । त्यसका लागि रूस आफैँ सन् २०१३ को सम्झौता अनुसार छानबिन गर्न दिन प्रतिबद्ध थियो । त्यस्तो किन गरिएन रु नोट्रेडयाम विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक मेरी एलेन ओ’कोनेलले भनिन्, ‘यदि सिरियाभित्रै रासायनिक हतियार प्रयोग गरिएको हो भने पनि त यो अमेरिका, बेलायत वा फ्रान्समाथि सिरियाले आक्रमण गरेको थिएन रु किन मिसाइल दागे यिनीहरूले रु कहाँबाट पाए, यिनीहरूले ईश्वर बन्ने अधिकार रु’ गार्जियन पत्रिकाकी स्तम्भकार पोली तोएनवी लेख्छिन्, ‘सन् २०११ देखियता ५ लाख मानिस मरिसके । २० लाखभन्दा बढी घायल छन् । ६० लाख विस्थापित छन् । ५० लाख विदेशमा शरणका लागि छटपटाइरहेका छन्, यो सबै पारम्परिक हतियारका ९कन्भेन्सनल वेपन्स० कारणले भएको छ, कोलरिन ग्यासबाट ७० जना मरे भन्दैमा किन आक्रमण रु ९हालसम्म ग्यास आक्रमणबाट समग्रमा मारिनेहरूको संख्या १९ सय पुगेको छ० । ७८ वर्षीय अष्ट्रेलियन पत्रकार तथा फिल्म निर्माता जोन पिग्लर लेख्छन्, ‘१९७० मा अमेरिकाले भियतनाम युद्धमा ‘डियोक्सिन’ नामक टोक्सिन केमिकल झन्डै प्रतिव्यक्ति ६ पौन्डका दरले पुग्नेगरी छर्किएको थियो, जुन अमेरिकी सिनेटमै प्रस्तुत गरिएको थियो । जसलाई पछि अमेरिकाले ‘अपरेसन र्‍यान्चहेन्ड’ नामकरण गरेको थियो भने भियतनामी डाक्टरहरूले ‘साइकल अफ फोयटल क्याटासट्रफ’ नाम दिएका थिए । ओबामाको पछिल्लो कार्यकालमा स्टेट सेक्रेटरी बनेका जोन केरी त्यसका साछी थिए । तर फेरि इराकमा इराकीहरूमाथि आफैले र गाजामा इजरायलीहरूले प्यालेष्टाइनमाथि ग्यास आक्रमण गरे । तर बलियाले जे गर्दा पनि हुने । ‘मिसन एकम्पलिस’ शब्द सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले पहिलोपटक इराकमा सद्दामको सालिक ढलेपछि प्रयोग गरेका थिए । तर इराकमा दस लाखभन्दा बढीको हताहतीपछि पनि अझै युद्ध सकिएको छैन ।’ सिरिया, इराक, इजिप्टमा ‘बाथ ९तुलनात्मक रूपमा धर्म निरपेक्ष र समाजवाद उन्मुख० पार्टीहरूको’ सरकार आएपछि ‘स्थायित्व र विकास’का नाममा सोभियत संघको नजिक हुनपुगे । यो उहिलेको कुरा थियो । शीतयुद्धकालीन त्यो जमानामा इजिप्टमा अमेरिकी उक्साहटमा कू हुनपुग्यो । तत्कालीन राष्ट्रपति नासिर मारिए र अनवर सादात सत्तामा पुगे, उनी अमेरिका नजिक भए । उनको पनि केही दशकपछि हत्या भयो र होस्नी मुवारक आए । सन् २०११ को अरब विद्रोहमा उनी फालिए । सद्दामको वाथ पार्टी विरुद्ध अमेरिकाले शाह रेजा पहलवीलाई प्रयोग गरिरहेका थिए, इरानमा राजतन्त्र विरोधी क्रान्ति सम्पन्न भएपछि इरान विरुद्ध अमेरिका आफैँले सद्दामलाई उचालेर आठ वर्ष इरान–इराक युद्ध हुनपुग्यो । त्यसपछिका कथा हामी सबैलाई थाहा छ । त्यो बेला सोभियत कम्युनिजम बुइँ चढेर आउँछ भन्ने भय पुँजीवादीहरूमा थियो । त्यसैले कम्युनिजम रोक्न गरेको होला भन्न सकिन्छ । अहिलेको रूस समाजवादी मुलुक पनि होइन र भ्लादिमिर पुटिन साम्यवादी कम्युनिष्ट पनि होइनन् । पछिल्लो समय रूसी राजनीतिमा उनको आगमनका लागि वातावरण अमेरिकी र युरोपेली पुँजीवादी राजनीतिज्ञहरूले मिलाइदिएका अनेकन सबुत प्रमाणहरू छन् । यद्यपि यो घृणा किन रु नयाँ शीतयुद्ध किन रु के माक्र्सवादले भनेझैँ पुँजीवादले आफूभित्र संकट आफैले सिर्जना गर्छ भनेको यही हो रु कि लेनिनले भनेझैँ पुँजीवादको चरम उत्कर्षको रूपमा साम्राज्यवादी शक्तिहरू उठेपछि उनीहरू बीचको ऐक्यबद्धता र हार्दिकता समाप्त हुन्छ र नाफाका लागि एकअर्कामा हानमार गर्न तम्सिन्छन् भन्ने निष्कर्षको नजिक रु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको पहिलो वर्षमात्र व्यतित गरेका छन्, तर उनका आभिव्यक्ति र हतारो हेर्दा लाग्छ, अब उनीसँग राज्य हाँक्न समय धेरै छैन । उनका पुराना सहयोगीहरूले राष्ट्रपतिका लागि सर्वथा अयोग्य नव–फासिष्ट र रेसिष्टको संज्ञा दिइरहेका छन् । बेलायती प्रधानमन्त्री थेरेसा मे बडा मुस्किलले गठबन्धन सरकार धानिरहेकी छन् । सम्भवतस् यो वर्ष उनको कार्यकालको अन्तिम वर्ष हो– यद्यपि निर्वाचनका लागि ३ वर्षको अवधि अझै छ० । कुनै समय बैंकर्स रहेका, काकतालीले राजनीतिमा प्रवेश गरेका इम्यानियोल म्याक्रोन नयाँ पार्टी खोलेर फ्रान्सको राष्ट्रपति भइनै हाले । कुनै पनि दर्शन, विचारधारा र राजनीतिक कार्यक्रम नभएका यिनलाई ‘शूरवीर’ कहलाउन हतारो छ । उनी ट्रम्पभन्दा एकहात माथि उफ्रिएर युद्धको वकालत गरिरहेका छन् । विस्तारै फ्रान्सेलीहरूले बुझ्दैछन्, ‘बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो’ । यस अर्थमा आक्रमणकारी नेतृत्व माथिको भरोसा पनि कमजोर देखिन्छ । हाम्रो प्रयास खै रु लेबर लिडर जेरेमी कोर्बिनले लेखेझैँ यो समय युद्धको होइन, शान्तिको हो । सिरियामा अझ बढी सैन्य हस्तक्षेप गर्नु भनेको अरू बढी द्वन्द्व चर्काउनु हो । विगत ७ वर्षदेखि अमेरिका, बेलायत, युके, रूस, फ्रान्स, इरान, साउदी अरब, इजरायल, युएई सबै त सिरियाली थेटरमा आआफ्नो डम्फु बजाइरहेका छन् । तर मानवीय संहार रोकिएको छैन । अफगानिस्तान, इराक, लिबिया यसका साछी हुन् । यमनमा साउदी अरबले बम वर्षाको वर्षाकै छ । खै शान्ति रु न्युयोर्क टाइम्सका स्तम्भकार थोमस एल। फ्राइडमेनले यही अप्रिल १५, २०१८ मा ‘दि रियल नेक्स्ट वार इन सिरिया स् इरान भर्सेस इजरायल’ लेखेका छन् । यो युद्धको सम्भावनालाई नकार्न सकिन्न । इजरायलका पछि अमेरिका सदियौँदेखि छ । इरानका पछि रूस हुनु अस्वाभाविक रहेन । चीन पनि युद्धमा कहीं न कहीं तानियो भने भारतले अर्को पल्ला समात्न सक्छ । यसको अर्थ तेस्रो विश्वयुद्धतर्फ समग्र विश्व धकेलिनु हो । लाग्ला के हुन्छ र हामीलाई रु हामी पनि घिसारिन्छौँ, युद्धमा । बेलायती र भारतीय सेनामा भाडामा सही हामी नेपालीको निकै ठूलो संख्या छ । इरान र इजरायल भिड्नुको अर्थ साउदी अरब, युएई र कतार अलग हुनु होइन, ती पनि एकअर्कामा भिड्छन् । हामी दुस्खी नेपाली अहिले खाडीमा मात्रै ३० लाख हाराहारीमा मजदुरी गर्दैछौँ र जहान–परिवार पाल्दैछौँ । सरकारलाई भुक्तानी सन्तुलनका लागि सहयोग गर्दैछौँ । आफ्नामा रोजगारी र पेसागत चाँजोपाँजो नमिलाई त्यत्रो जनशक्ति रित्तो हात फर्कनुपर्‍यो भने मुलुक धेरै हिसाबले अप्ठ्यारो चक्रमा पँmस्न पुग्छ । नेपाल सरकार आफ्नो महात्मे गाउनमा व्यस्त देखिन्छ । श्रममन्त्री सुरक्षित गन्तव्यको कुरा गरिरहेछन् । सबैभन्दा पहिले त शान्तिको कुरा गर्नुपर्‍यो । हाम्रो स्वर सानो होला । सुनवाइ सानो होला । तर हाम्रा तर्फबाट शान्तिको प्रयत्न खै रु आउनै लागेको संकट झेल्न आवश्यक वैकल्पिक योजना खै ? स्रोतः ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिमा जे देखियो

प्रिशा वस्नेत ,ताप्लेजुङ, बैसाख १५ गते    मुलुकलाई बलियो बनाउन मूलतः राजनीति बलियो हुनुपर्छ । राजनीतिलाई बलियो बनाउन राजनीति पार्टीहरू बलियो

RadioTaplajung

जस्ता नेता, उस्तै पत्रकार

चैत्र १७ गते ।  आफ्नै आङ कन्याएर छारो उडाउने रहर कसलाई पो हुन्छ र ? तर, आज हामी नेपाली पत्रकार जुन अवस्थामा छौं, यहाँनेर छारो उडाएर मात्रै पुग्दैन ।

RadioTaplajung

छाउ गोठ कि छाउ सोच भत्काउने ?

तिलकप्रसाद सापकोटा,माघ ११ गते । अछामलगायत पश्चिम नेपालका अधिकांश जिल्लाका स्थानीय तहमा पुस ९ देखि छाउ गोठ भत्काउ अभियान चलिरहेको छ। अहिलेसम्म दुई