सरकारको प्राथमिकतामा ताप्लेजुङका ३ पर्यटकीय गन्तव्य

SITENAME

सरकारको प्राथमिकतामा ताप्लेजुङका ३ पर्यटकीय गन्तव्य
आनन्द गौतम,ताप्लेजुङ । कार्तिक १८ गते । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सय गन्तव्यको सूचीमा ताप्लेजुङका तीन स्थानलाई पनि प्राथमिकता दिइएको छ ।
पर्यटन मन्त्रालयका १०० गन्तव्यको सूचीमा ताप्लेजुङको पाथीभरा, फुङफुङे झरना र तिम्बुङ पोखरी ।

प्रसिद्ध धार्मिकस्थल पाथीभरा, मिक्वाखोला गाउँपालिकामा रहेको फुङफुङे झरना र ताप्लेजुङ पाँचथर सिमानामा रहेको तिम्बुङ पोखरीलाई गन्तव्य स्थलका रूपमा राखिएको छ । पाँचथरको भने गुरु फाल्गुनन्द सर्किटलाई राखिएको छ ।

पाथीभरा र फुङफुङेलाई स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यका रूपमा राखिएको छ भने तिम्बुङपोखरी र पाँचथरको गुरु फाल्गुनन्द सर्किटलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यका रूपमा राखिएको छ ।

स्थापित पाथीभरामा वार्षिक तीन लाख पर्यटक आउने पाथीभराको विकासमा क्रियाशील समितिले बताउँदै आएका छन् । फुङलिङ नगरपालिकामा पर्ने यो गन्तव्यमा तीर्थयात्री अधिक आउने गरेका हुन् । दसैंअघि र पछि तथा फागुन र चैतमा अधिक तीर्थयात्री आउने पाथीभराको माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीले जनाएको छ । यी सिजनमा दैनिक पाँच हजारसम्म तीर्थयात्री आउने गरेका छन् । पाथीभरा सदरमुकाम फुङलिङबाट २५ किलोमिटरमा छ ।

सदरमुकामबाट सुकेटार विमानस्थलसम्म ८ किलोमिटर कालोपत्रे सडक, सुकेटारबाट काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक र त्यहाँबाट मन्दिरसम्म ४।५ किलोमिटर पैदलमार्ग रहेको छ । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायत हिमशृंखला देखिन्छ । हिउँ पर्ने र हिउँ खेल्नेका लागि सदरमुकामबाट नजिकको गन्तव्य पनि हो यो । ३१ सय मिटर उचाइमा रहेको फेदीसम्म नै हिउँ पर्ने गरेको छ ।

साँवामा रहेको फुङफुङे बाह्रै मास बगिरहने कहिल्यै नसुक्ने झरना हो । तर, यहाँ पुग्ने मोटरबाटो अहिलेसम्म बनेको छैन । मिक्वाखोला गाउँपालिकाको केन्द्र समेत रहेकाले केन्द्रसम्म यो आर्थिक वर्षसम्ममा मोटरबाटोको ट्रयाक पुर्‍याउने तयारी गाउँपालिकाको छ । गाउँपालिका केन्द्रबाट यो एक घण्टाको पैदल दूरीमा छ ।
 

सडक भने गाउँपालिकाकै १ नम्बर वडा र मेरिङदेन गाउँपालिकाको थुकिम्वा भएर विस्तार भइरहेको छ । तमोर नदी र साँवा खोलामा पुल बनेपछि मात्रै यसको नियमितता हुन्छ । ठूलो छाँगो फुङफुङ गरेर झर्ने भएकाले यसको नाम फुङफुङे राखिएको स्थानीय बताउँछन् । सदरमुकाम फुङलिङबाट हिँडेर एक दिनमा सहजै पुग्न सकिन्छ । जिल्लाको पूर्वी भेगमा रहेको तिम्बुङपोखरी ४१ सय मिटर उचाइमा छ ।

जिल्लाका तीन पर्यटकीय गन्तव्यमध्ये यो सवैभन्दा उच्च स्थानको हो । यहाँ अधिकांश समय हिउँ पर्दछ । यो वर्ष सिदिङवा गाउँपालिकाले महोत्सव पनि गरेको थियो । अहिलेसम्मको सबैभन्दा उच्च गन्तव्य पाथीभरा ३ हजार ७ सय ९४ मिटर मानिएको थियो । अब योभन्दा ३ सय मिटर उच्चमा तिम्बुङपोखरी छ ।तीनमध्ये सबैभन्दा टाढा र कम पूर्वाधार रहेको गन्तव्य पनि यही नै हो ।

यहाँ जानेले चौंरी गाई, भेडाको गोठमा बसेर जानुपर्ने बाध्यता छ । नजिक पर्ने भएकाले यहाँ आउने धेरै पर्यटक भारतको सिक्किमका हुने गोठमा बस्नेहरू बताउँछन् । यो पोखरीमा पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

खुकुरी प्रहारवाट घाइतेको काठमाण्डौंमा उपचार हुँदै

ताप्लेजुङ फुङलिङ नगरपालिका ३ मा आज विहान भएको खुकुरी प्रहारवाट घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । हेलिकप्टर चार्टर गरेर लगिएका चारजनाको टिचिङ

SITENAME

हिमालको फेद पुगेका वलत्कार आरोपी पक्राउ

तीन वर्षअघि जवरजस्ती करणी गरेको अभियोग लागेका पाथीभरा याङवरक १ नाङखोल्याङ निवासी मिङमा शेर्पा पक्राउ परेका छन । उनलाई ३ हजार १ सय मिटरको हिमाली वस्ति

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो

ताप्लेजुङमा वहिनी र भान्जीद्धयमाथि खुकुरी प्रहार,आफैमाथि समेत प्रहार,चारै जनालाई थप उपचारका लागि हेलिकप्टर झिकाइयो रेडियो ताप्लेजुङ । कार्तिक २७