भ्यारिकोसिल छ ? बाँझै बस्नुपर्ला है !

SITENAME

भ्यारिकोसिल छ ? बाँझै बस्नुपर्ला है !

कार्तिक १७ गते । पुरुष जननेन्द्रीयमा देखापर्ने रोग हो–भ्यारिकोसिल । यो १५ प्रतिशतसम्म देखिन सक्छ । रोगको सुरुवात प्रायस् १० वर्षको उमेर पछि हुने गर्छ । करिब २०वर्ष हुँदासम्म यो निकै विकसित भइसक्छ । यो रोगले अण्डकोषमा भारीपन, पीडा र पुरुष सम्बद्ध बाँझोपन हुनसक्छ ।

भ्यारिकोसिल भएमा अण्डकोषको रक्त सञ्चारमा गडबड हुन्छ । शुक्रकीटको विकासका निम्ति नियन्त्रित हुनुपर्ने अण्डकोषको तापक्रममा अनियमितता देखापर्छ । भ्यारिकोसिलले अण्डकोषको वृद्धिमा नराम्रो असर गर्छ । शुक्रकीटको उत्पादनमा दमन र प्रजनन शक्तिलाई कमजोर तुल्याउन सक्छ । नराम्रो असरको मुख्य कारण भ्यारिकोसिल हुनेहरूको अण्डकोषमा हुने तापक्रमको वृद्धिलाई मान्न सकिन्छ ।


अण्डकोषमा भारी वा पीडा अनुभव गर्ने र सन्तान उत्पादनमा समस्या भएका पुरुषहरूको भ्यारिकोसिल छ कि भनी विस्तृत अध्ययन गर्नुपर्छ ।

के हो भ्यारिकोसिल ?
अन्डकोषबाट रगत लैजाने सामान्य नसाहरूको समूह फुलेर बाङ्गाटिङ्गा हुनुलाई भ्यारिकोसिल भनिन्छ । यो प्रायस्जसो सुरुमा देब्रेतिर अण्डकोषमाथि उभिएको बेलामा पोकोजस्तो भएर देखापर्छ । यो अवस्थामा बिरामीहरू केही भारीपन महसुस गर्छन् । १० वर्षदेखि भ्यारिकोसिल हुनथाल्छ । करिब २० वर्षसम्ममा भ्यारिकोसिल १६ प्रतिशत युवाहरूमा देखापर्छ । यो रोगले अण्डकोषलाई सानो बनाउने, पुरुष हर्मोन टेस्टास्टरोन उत्पादनमा कमी गर्ने, शुक्रकीटको संख्या तथा गतिमा नराम्रो असर पार्न सक्छ । फलस्वरूप भ्यारिकोसिल भएका पुरुषहरूमा बाँझोपन हुने सम्भावना रहन्छ । यद्यपि सबै भ्यारिकोसिल हुने पुरुष सन्तान उत्पादन गर्न सक्दैनन् भन्ने होइन ।

किन हुन्छ ?
भ्यारिकोसिल हुनाका कारण विविध छन् । तर रक्तनसा भित्रको चाप बढ्नु प्रमुख कारण मानिन्छ । देब्रेतिर प्रायस् सुरुमा र विकसित भ्यारिकोसिल देखिनुको कारण देब्रे शुक्राशय रगतका नसा मृगौलाबाट रगत लैजाने नसासँग ९० डिग्रीमा मिल्नु हो । त्यस बाहेक रगतका नसाभित्र रहेका भल्भ असक्षम हुनु पनि हो । भ्यारिकोसिल हुनेका नजिकका नतेदारमा यो रोग ८ गुनासम्म बढी देखिने हुँदा आनुवंशिक कारण पनि नकार्न सकिन्न । अग्ला तथा दुब्ला–पातला युवकमा भ्यारिकोसिलको बढी सम्भावना हुन्छ । उनीहरूमा हुने लामा रगतका नसा र त्यसभित्रको द्रवास्थिति सम्बन्धी उच्चचाप मानिन्छ ।

निदान कसरी ?
यो रोग प्रायस् अकस्मात थाहा हुन्छ । जब अण्डकोषमा पीडा वा भारीपन लिएर वा लामो समयदेखि सन्तान उत्पादन गर्न सकिएन भनेर बिरामी चिकित्सककहाँ पुग्छ, अनिमात्र यस रोगबारे थाहा हुन्छ । उठेको बेलामा अण्डकोषको माथिल्लो भागमा फुलेर आउनु, अण्डकोषहरू एकअर्कोसँंग तलमाथि भएर रहनु र उनीहरूको मापनमा २० प्रतिशतभन्दा बढी फरक हुनु । चिकित्सकले बिरामीलाई जाँच पल्टेको र उठेको अवस्थामा गर्छन् । लामो सासभित्र तानेपछि रोकेर कनेको बेला फुलेको डल्लो बढी प्रस्ट देखिने र औंलाले छाम्दा भित्रका फुलेका नसा थाहा हुन्छ ।


थप जाँचमध्ये कलर डोप्लर अल्ट्रासाउन्ड, वीर्य जाँच, केही अवस्थामा पुरुष हर्मोन टेस्टास्ट्रोन र अरु केही हर्मोन महत्त्वपूर्ण हुन्छन् । अल्ट्रासाउन्डबाट अण्डकोषको जाँच र रक्त नसाको बाहिरी व्यास नाप्नुपर्छ । बीर्य जाँचमा शुक्रकीटको कुल संख्या, आकार र गतिको पूर्ण विवरण दिइन्छ । वीर्य स्खलन १३ वर्षदेखि नै सुरु हुने भए पनि १७ वर्ष पुगेपछि मात्र वीर्य गुणात्मक दृष्टिले परिपक्व र भरपर्दो हुने भएकोले १८ वर्ष पुगेपछि मात्र यो जाँच गर्नु उपयुक्त हुन्छ ।

उपचार कसलाई ?
भ्यारिकोसिल हुँदैमा सबैलाई उपचार गर्नैपर्छ भन्ने छैन । जसका सन्तान छन् र यो रोगले यदि कुनै व्यवधान खडा गरेको छैन, यौन चाहनामा कमजोरी छैन भने त्यस्ताको उपचारको आवश्यकता पर्दैन ।


अण्डकोषमा पीडा भएर सम्पूर्ण ध्यान तान्ने वा सन्तान उत्पादन भ्यारिकोसिलको कारणले असफल भएको हो भने उपचार अनिवार्य हुन्छ । यस्तो अवस्थामा उपचार गर्दा शल्यक्रियालाई प्राथमिकतामा राख्नुपर्छ । शल्य उपचारको मुख्य उद्देश्य अण्डकोषको रक्तसञ्चार सुचारु गर्नु र स्थानीय तापक्रम शुक्रकिट विकासमैत्री बनाउनु हो ।


आजभोलि काँचमा सानो घाउ पारेर, सूक्ष्मदर्शक यन्त्रको थप सहायता लिएर, बिना बेहोस गरेको अवस्थामा नदुस्ख्ने उपाय अपनाई फुलेका रक्त नसाहरूलाई बाँध्ने शल्यक्रिया गरिन्छ । यो शल्यक्रियाको ३ महिनापछि वीर्य जाँचेर त्यसको गुणात्मक सुधार हेरिन्छ । शल्यक्रियाको १र२ वर्षको अन्तरालमा ७० प्रतिशत बिरामी सन्तानको चाहना मेट्न सफल हुन्छन् ।


लेखक डा.अर्जुनदेव भट्ट वरिष्ठ युरोलोजिष्ट हुन् । ई कान्तिपुर

प्रतिकृया दिनुहोस
SITENAME

प्रधानमन्त्री तंग्रिए, अब ‘गियर’ बदल्ने अवसर !

प्रधानमन्त्री तंग्रिए, अब ‘गियर’ बदल्ने अवसर !  कात्तिक २६ गते । दसैँ, तिहार सकियो । यो हप्ता सकिन नभ्याउँदै छठ पर्व पनि सकिन्छ । सँगसँगै दसैँ,

SITENAME

न्यायालयको गरिमा हाम्रै भरमा

न्यायालयको गरिमा हाम्रै भरमा कार्तिक १५ गते । भनिन्छ, चल्लारूपी जनतालाई माउरूपी कुखुरी बनेर चिलरूपी सरकार विरुद्ध ढालको काम गर्न सक्ने हैसियत

SITENAME

स्थानीय तहको सबलीकरण

स्थानीय तहको सबलीकरण कार्तिक ११ गते । संविधानको मर्मअनुरूप संघीय शासनलाई मूर्तरूप दिन स्थानीय तहहरूको क्षमता विकास गर्नु अत्यावश्यक देखिन्छ तर