ताजा खबर

ताप्लेजुङ निशुल्क स्वास्थ्य परिक्षण शिविरः कमजोर व्यवस्थापन,दोश्रो दिनदेखि सच्याउने

RadioTaplajung

ताप्लेजुङ निशुल्क स्वास्थ्य परिक्षण शिविरः कमजोर व्यवस्थापन,दोश्रो दिनदेखि सच्याउने  
रेडियो ताप्लेजुङ,कात्र्तिक १७ गते । ताप्लेजुङमा शुक्रबारदेखि तीन दिने ‘ताप्लेजुङ निशुल्क स्वास्थ्य परिक्षण शिविर’ सुरु भएको छ । मुटु,स्त्रीरोग र हाडजोर्नीको निशुल्क स्वास्थ्य परिक्षण शिविर संञ्चालन भएको हो । सेभ दि हर्टको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । जिल्ला समन्वय समितिको आयोजना तथा फुङलिङ नगरपालिका र आठ वटै गाउँपालिका र विभिन्न सँघ संस्थाको सहकार्यमा सुरु भएको शिविरको स्वास्थ्य राज्यमन्त्रि डा.सुरेन्द्र यादबले गरे । विहिबार विहान ८ बजेदेखि नै सेवा प्रवाह गर्ने भनिएता पनि दुई घण्टा ढिला गरि सुरु गरिएको जिल्ला समन्वय समिति प्रमूख घनेन्द्र मादेनले बताए ।
शिविरमा करिब दश हजार विरामीलाई सेवा प्रवाह गर्ने लक्ष्य रहेको निशुल्क स्वास्थ्य परिक्षण शिविर समिति संयोजक अग्नी पौडेलले बताए । विहिबार दुई हजारको स्वास्थ्य चेकजाँच गरिएको छ । चार हजार जनाले टोकन लिएको छ । १७ जनामा मुटुको समस्या पाइएको छ । ४ जना स्त्रीरोग संम्बन्धि समस्या पाइएको छ । ती समस्या देखिएकालाई काठमाडौ लगेर निशुल्क उपचार गरिने आयोजकले जनाएको छ । शनिबार पनि टोकन वितरण गरिने भएको छ । आयोजकले पहिलो दिनको व्यवस्थापनमा कमचोरी गरेको सेवाग्राहीले चौतर्फी आलोचना गरेका छन् । विहान ६ बजे चेकजाँचका लागि पुगेर पनि बेलुकी ७ बजेसम्म कुर्नुपरेको फुङलिङ नगरपालिका–५ की नैनकला गुरुङले गुनासो पोखिन । एक्स–रे गर्नका लागि दोश्रो दिन पनि आउनुपर्ने भनि फर्काइएको छ । दोश्रो दिन कमजोरी हुन नदिन आयोजक सक्रिय छन् ।
संयोजक पौडेलका अनुसार बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ७६ जनाको डाक्टर र नर्सको टोली छन् । टोलीमा इटालीका डाक्टरको समेत सहभागीता छ । शिविर व्यवस्थापन,प्रचार प्रसार समिति तथा स्यंमसेवक समिति गठन गरिएको छ ।  ताप्लेजुङबाहेक पाँचथर र तेह्रथुमबाट समेत सेवाग्राही आउने  अपेक्षा गरिएको छ । जटिल किसिमका विरामीलाई काठमाडौ रेफर गरि निशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । शिविरले दुर्गमका सेवाग्राहीका लागि लाभदायक हुने अपेक्षा गरिएको छ । वर्षौपछि हुन लागेको शिविरमा सेवा लिन आउन थालेका छन् । स्वास्थ्य परिक्षण,जटिल रोगको काठमाडौमा सल्यक्रिया गरि उपचार र निशुल्क औषधि समेत पाउने भएकाले सेवाग्राहीको आकर्षण बढेको छ । ताप्लेजुङसहित पाँचथर र तेह्रथुमका ग्रामिण भेगमा मुटु,स्त्रीरोग र हाडजोर्नीका विरामी बढि हुने अनुमान छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

एमाले अध्यक्ष थेवेको आइसियुमा उपचार हुँदै 

ताप्लेजुङ – आश्विन १७ गते । आनन्द गौतम नेकपा एमाले जिल्ला कमिटि ताप्लेजुङका अध्यक्ष एबं संविधान सभा सदस्य भुपेन्द्र थेवे अस्पताल भर्ना भएका छन ।

RadioTaplajung

२२ महिने शिशुको हर्नियाको शल्यक्रिया गरियो

  पाँचथर ।   पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ७ का २२ महिने शिशुको जिल्ला सदरमुकाम

RadioTaplajung

डेंगु परीक्षण गर्ने किट सरकारसँग छैन,संक्रमण उच्च जोखिममा 

काठमाडौं,असोज ५ गते । नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ।  स्वास्थ्य तथा