ताजा खबर

चिनीको भन्सार महसुल बढ्यो, बजार मूल्य नबढ्ने

RadioTaplajung

४ बैशाख, काठमाडौं । सरकारले चिनीको भन्सार महसुल बृद्धि गर्ने निर्णय गरेको छ ।

हाल १५ प्रतिशत लाग्ने चिनीको भन्सार शुल्क बढाएर ३० प्रतिशत पुर्‍याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चिनी उद्योगीहरुको माग अनुसार चिनीको भन्सार दर बढाएको हो ।

सरकारले उखुको समर्थन मूल्य पनि प्रति क्विन्टल ५३१ बाट बढाएर ५ सय ३६ पुर्‍याउने निर्णय गरेको छ । उद्योगी र किसान दुबैलाई प्रोत्साहन गर्ने निर्णय लिएको सरकारका प्रवक्ता राज्यमन्त्री बास्कोटाले बताए । तर चिनीको बजारमूल्य भने नबढ्ने उनले बताए ।

सरकारले संघीय सरकार अन्तर्गतका विभागको संख्या पनि ४० बाट घटाएर ३४ कायम गर्ने निर्णय गरेको छ । कर्मचारी दरबन्दी पनि २७ प्रतिशत कटौती गर्ने निर्णय भएको राज्यमन्त्री बास्कोटाले बताए । मंगलबारको मन्त्रिपरिषद बैठकले प्रदेश र केन्द्र सरकारबीचमा आन्तरिक सुरक्षा व्यवस्था समन्वय निर्देशिका जारी गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले