ताजा खबर

श्रीलंकाका राष्ट्रपतिले आफ्नै विरोधी राजापाक्षेलाई किन बनाए प्रधानमन्त्री ?

RadioTaplajung


श्रीलंकाका राष्ट्रपतिले आफ्नै विरोधी राजापाक्षेलाई किन बनाए प्रधानमन्त्री ?
 कात्तिक १० गते । श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति चुनावमा मैत्रीपाल सिरिसेनासँग पराजित भएका राजपक्षेलाई मैत्रीपालाले नै प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रानिल विक्रमसिंघेलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्दै राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । सिरिसेनाको दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बर्खास्तीमा परेका विक्रमासिंघेबर्खास्तीमा परेका विक्रमासिंघे
बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसद्मा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।

महिन्दा राजापाक्षेले भने आफ्नो ट्विटर ह्याण्डलमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाको प्रधानमन्त्री बनाएका छन् ।

पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो ।
आफ्नै विरोधीलाई प्रधानमन्त्री

महिन्दा राजापाक्षेलाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षेलाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरिसेनालाई सबैलाई आश्चर्यचकित बनाएका छन् । वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री बनाएका छन्  ।

गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो ।’

 

नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षेले पद तथा गोपनीयताको सपथसमेत लिइसकेका छन् । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल