ताजा खबर

पाँचथरको हिलिहाङ गाँउपालिकामा प्रथम हिलिहाङ महोत्सव हुने

RadioTaplajung

पाँचथर,वैशाख ४,जितेन्द्र भण्डारी/पाँचथरको हिलिहाङ गाउपालिकामा बैशाख २४ देखि ५ दिन सम्म प्रथम हिलिहाङ महोत्सव सञ्चालन हुने भएको छ । हिलिहाङ गाउपालिकामा रहेका ऐतीहासिक–पुरातात्विक हिलिहाङ दरबारसँगै गाँउपालिकामा रहेका अन्य धार्मिक ऐतीहासिक स्थलहरुलाई पर्यटन क्षेत्रमा विकास गर्न हिलिहाङ गाउपालिका–४ मा अवस्थित हिलिहाङ दरबार परिसरमा महोत्सव आयोजना हुनेछ । महोत्सवको आयोजना हिलिहाङ गाउपालिकाले गर्न लागेको हो ।

गाउपालिकाले मँगलबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव सञ्चालन हुने जानकारि गराएको हो । पाँच दिन सम्म चल्ने महोत्सवमा हिलिहाङ दरबार क्षेत्रलाई ऐतीहासिक–पुरातात्विक अध्ययन केन्द्रको रुपमा विकास गर्ने महोत्सवको मुख्य उदेश्य रहेको गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङदेनले जानकारी दिनुभयो ।

 महोत्सवमा ५० लाख अनुमानित खर्च हुनेछ । जस्का लागि गाउपालिकाबाट १० लाख रुपैँया विनियोजन गरिएको र ४० लाख रुपैँया अन्य स्रोतबाट संकलन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा गाउपालिकामा अवस्थित पर्यटककिय स्थलहरुमा पदयात्रा, प्रथम हिलिहाङ भलिबल गोल्डकप, हिलिहाङ दरबारको ऐतीहासिकता र वर्तमान अवस्थाबारे छलफल, हिलिहाङ दरबार क्षेत्रका तत्कालिन राजा हिलिहाङको शालिक अनावरण, जोरपोखरि–आगेजुङ–हिलिहाङ पदयात्रा साथै राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक साँगितीक प्रस्तुती समेत हुने भएको छ । महोत्सवलाई १० हजार जना आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले