ताजा खबर

अमेरिकामा ओबामा र हिलारी क्लिन्टनलाई हुलाकमार्फत् विस्फोटक पदार्थ !

८ कार्तिक । अमेरिकाका पूर्व विशिष्ट पदाधिकारी तथा सञ्चारमाध्यमहरुलाई अज्ञात समूहले हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको खुलासा भएपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात समूहले विस्फोटक पदार्थ पठाएको सार्वजनिक भएपछि एफबीआईले उच्च प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको हो । त्यसैगरी अमेरिकी टेलिभिजन च्यानल सीएनएनको कार्यालय समेत रहेको न्यूयोर्कको टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएको थियो । अमेरिकी वरिष्ठ अधिकारीहरुलाई पठाइने चिठी तथा पार्सलहरु जाँच्ने प्राविधिकले विस्फोटक पदार्थ रहेको पत्ता लगाएपछि एफबीआईले अनुसन्धान थालेको हो । त्यस्तो विस्फोटक पदार्थ कहाँबाट पठाइको हो भन्ने स्पष्ट भने भइसकेको छैन । अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले अक्टोबर २३ मा पूर्वविदेशमन्त्री क्लिन्टनको नाममा विस्फोटक पदार्थसहितको पत्र आएको जनाएको छ । त्यसैगरी अक्टोबर २४ मा त्यस्तै वस्तु पूर्वराष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको पाइएको थियो । त्यसलाई सिक्रेट सर्भिसका अधिकारीहरूले वासिङ्टन डिसीमा बरामद गरेका थिए । पार्सल गरिएका दुवै वस्तु लक्षित ठेगानामा पुग्नु अघि नै नियन्त्रणमा लिइएको थियो । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी जनताको सुरक्षा आफ्नो उच्च प्राथमिकता रहेको भन्दै आतंक सिर्जना गर्नेहरुलाई अमेरिकामा स्थान नरहेको चेतावनी दिनुभएको छ । यस्तै न्यूयोर्कका मेयर बिल डे ब्लासियोले अमेरिकी उच्च अधिकारी तथा सञ्चारमाध्यममा विस्फोटक पदार्थ पठाउनेहरुलाई आतंकवादसम्बन्धी कानुनअनुसार कारबाही गरिने बताएका छन् ।(

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल