ताजा खबर

नेपाली कलाकारको दसैं कसरी बित्नेछ ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

RadioTaplajung

नेपाली कलाकारको दसैं कसरी बित्नेछ ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?
कार्तिक १ गते । नेपालीहरुको महान पर्व विजयादशमी संघारमै आइसकेको छ ।

वर्षभरिका कामलाई थाँति राख्दै आफ्ना परिवारसँगको भेटघाट चलिरहेको छ । हरेक चाडबाडले आआफ्नै महत्व राख्छन् । त्यसमा पनि विजया दशमीको महत्व बेग्लै हुने गरेको छ ।

कुन कलाकारहरुले  दसैं कसरी र कहाँ मनाउँदैछन्, आउनु्स् जानकारी लिऔं
दिपाश्री निरौला

हास्य कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौला यतिबेला विभिन्न हलमै पुगेर दर्शकलाई चलचित्र हेर्न प्रोत्साहन गरिरहेकी छिन् । उनको बसाई काठमाडौंमै भए पनि उनी हरेक दसैं भने विराटनगरमा मनाउने गर्छिन् ।

यस पटक पनि दिपा आफ्ना परिवारसँगै दसैं मनाउन विराटनगर जाने तयारीमा छिन् । केही समयअघिसम्म उनका मातापिता पनि काठमाडांैमै थिए । तर दशै नजिकिएसँगै विराटनगर गइसकेका छन् ।

दिपा भने नवमीको दिन विराटनगर जाँदैछिन् । विराटनगरमा आमाबाबुको हातबाट टिका लगाएर पूर्वका विभिन्न स्थानहरुमा दर्शकसँगै बसेर छक्का पञ्जा ३ हेर्ने उनको सोच छ ।
दिपकराज गिरी

छक्का पञ्जा ३ का निर्माता तथा कलाकार दिपकराज गिरीको दसैं काठमाडौमा नै बित्नेछ । उनी पनि दसैं सामान्य रुपमा नै मनाउने सोचमा छन् । आफ्ना परिवारसँग बसेर टिका लगाउने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई टिका लगाएर आशिर्वाद दिने ।

त्यसबाहेक सबै परिवारसँग बसेर दसैंमा छक्का पञ्जा ३ हेर्ने दिपकको योजना छ । बाँकी रहेका अन्य दिनहरुमा भने दर्शकसँगै रहने र चलचित्र छक्का पञ्जा ३ हेर्ने दिपकले बताए ।
बिकासराज आचार्य

नेपाली चलचित्र इतिहासमै सबैभन्दा धेरै सिक्वेल निर्माण गर्ने निर्देशक हुन् बिकासराज आचार्य ।

उनको चलचित्र नार्इं नभन्नू ल ५ ले सफल व्यापार गरिसकेको छ । यति बेला उनी चलचित्र हजार जुनिसम्म निर्माण गन कस्सिएका छन् । केही दिनका निम्ति यी सबै कामहरुलाई थाँति राख्दै आफ्ना परिवारसँग दसैं मनाउन उनी विराटनगर पुगेका छन् ।

उनका काकाको निधन भएका कारण उनले यस पटकको दसैंमा टिका लगाउने छैनन् । तर आफ्ना परिवारसँग भेटघाट र रमाइलो गर्ने गरि उनी विराटनगर पुगेका छन् ।

वर्ष दिनमा एक पटक आउने चाडमा टिका नलगाएपनि परिवारसँगै रहेर खुसियाली साटासाट गर्नु पर्छ भन्छन उनी । दसैं मनाएर फर्किएपछि भने हजार जुनिसम्म चलचित्रको काम अघि बढाउने उनको तयारी छ ।
ऋषि धमला

चलचित्र अनुरागबाट चलचित्र नगरीमा डेव्यु गरेका निर्माता हुन ऋषि धमला । उनी २०७५ सालको दसैं क्यानाडामा मनाउने तयारीमा छन् । आफ्नी श्रीमती नायिका एलिजा गौतम तथा २ सन्तान समेतलाई लिएर उनी दसैं मान्न क्यानडा जान लागेका हुन् ।

उनका सासु–ससुरा क्यानाडामा नै बस्दै आएका छन् । यो दसैंमा उनी आफ्ना सासु–ससुरासँगै टिका थापेर आशिर्वाद आदान प्रदान गर्दैछन् ।
नवल नेपाल

चलचित्र नगरीका सफल निर्देशकहरुमध्येका एक हुन् निर्देशक नवल नेपाल । उनी यसपालीको दसैं इटहरीमा मनाउँदै छन् ।

आफ्नो परिवारसँग रमाउन उनी इटहरी गइसकेका छन् । मान्यजनहरुबाट आशिर्वाद लिने र आफूभन्दा सानालाई आशिर्वाद दिएर सामान्य हिसाबले दसैं मनाउने उनको सोचाई छ ।

अर्काको देखासिकीमा नलागी आफ्नै क्षमताअनुसार चाड मनाउनु पर्छ भन्ने धाराणा राख्छन उनी  ।
जितु नेपाल

जितु नेपाल भर्खरै न्युजिल्याण्डको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । यसपालिको दसैं उनी आफ्नै परिवारसँग काठमाडौंमै मनाउँदै छन् ।

उनी दसैंमा टिका लगाएर अफ्नो परिवारको साथमै बसेर चलचित्र हेर्ने र दर्शकलाई प्रोत्साहन गर्दै विभिन्न हलमा जाने र दर्शकसँगै बसेर चलचित्र हेर्ने तयारीमा छन् ।

यस्तै नेपाली हास्य टेलिचलचित्र भद्रगोलका निर्देशक तथा कलाकार अर्जुन घिमिरेको दसैं नुवाकोटमा बित्ने छ । उनी दसैंअघि गोर्खा, सिन्धुपाल्चोक लगायतका ठाउँहरुमा हुने कार्यक्रममा व्यस्त रहनेछन् र नवमीका दिन नुवाकोटमा रहेको आफ्नै घरतिर लाग्नेछन् ।

आमाबाबुको हातको टिका थाप्ने र काठमाडौं फर्किएर आफ्नो कामलाई निरन्तरता दिने उनको योजना छ ।
दीपिका प्रसार्इं

नायिका दीपिका प्रसार्इं दसैं मनाउन केही दिनअघि नै आफ्नो घर धनगढी गइसकेकी छिन् । उनी अभिनित चलचित्र छक्का पञ्जा ३ यतिबेला प्रदर्शन भइरहेको छ ।
चलचित्रले सफल व्यापार गरिरहँदा उनी भने आफ्नो परिवारसँग खुशीयाली साटासाट गर्नका धनगढी गएकी हुन् । उनी यसपालीको दसैं आफ्नै परिवारसँग मनाउने तयारीमा छिन् ।

उनी दसैं मनाएर काठमाडौं फर्किएपछि नयाँ चलचित्रमा लाग्ने तयारीमा छिन् ।

नवल नेपालले निर्देशन गर्ने भनिएको नयाँ चलचित्रमा उनी काम गर्न तयार भएको बताइएको छ ।
उज्यालो र गफगाफ डटकमको सहकार्य

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण