ताजा खबर

ला लिगामा बार्सिलोनाको किर्तिमान

RadioTaplajung

बैशाख २ – बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा धेरै खेलसम्म अपराजित हुने टिमको किर्तिमान बनाएको छ । गएरातिको खेलमा भ्यालेन्सियालाई २–१ ले हराउँदै बार्सिलोनाले प्रतियोगितामा लगातर ३९ खेल अपराजित रहँदै किर्तिमान बनाएको हो । 

यसअघि रियल सोसिडाड ला लिगाको १९७९–८० को सिजनमा लगातार ३८ खेलमा अपराजित रहँदै किर्तिमान बनाएको थियो । बार्सिलोनाको किर्तिमान दिलाउने जितमा लुइस सुवारेजले १५ औं मिनेटमा गोल गरे ।

पहिलो हाफमा १ शुन्यले अघि रहेको बार्सिलोनाका लागि ५१ औं मिनेटमा उम्प्टीटीले अर्को गोल थपे । ८७ औं मिनेटमा पेनाल्टीमार्फत भ्यालेन्सिियाका परेजोले १ गोल थपे पनि त्यसले बार्सिलोनालाई किर्तिमान बनाउनबाट रोक्न सकेन । 

च्याम्पियन्स लिग फुटबलमा रोमासँग पराजित भएपछि तनाबमा रहेका लिभरपुलका समर्थकलाई यसले केही भए पनि राहत मिलेको छ । यो जीतसँगै ला लिगाको उपाधि जित्न बार्सिलोनालाई थप सजिलो भएको छ ।

३२ खेलबाट ८२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ला लिगाको उपाधि जित्न अब ७ अंक मात्र आवश्यक छ । दोश्रो स्थानको एथ्लेटिको मड्रिडको ३१ खेलबाट ६८ अंक छ । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा