ताजा खबर

रियल मड्रिडले किन गर्‍यो अमेरिकामा हुने बार्सिलोना संलग्न ला लिगाको खेलको विरोध ?

RadioTaplajung

रियल मड्रिडले किन गर्‍यो अमेरिकामा हुने बार्सिलोना संलग्न ला लिगाको खेलको विरोध ?
 कात्तिक १ गते । स्पेनी फुटबल क्लब रियल मड्रिडले अमेरिकामा हुन लागेको बार्सिलोना र जिरोनाबीचको स्पेनिस ला लिगाको खेलको विरोध गरेको छ ।

रियल मड्रिडले यहि २६ तारिखमा अमेरिकाको मायामीमा हुन लागेको खेलको अनुमति दिएकोबारे स्पेनी फुटबल संघलाई प्रश्न सोधेको हो ।

ला लिगाको मौलिक नियम तथा स्वरुप अनुसार हरेक टिमले आफ्नो र विपक्षी टिमको मैदानमा खेल्ने परम्परा रहेकोमा अमेरिकामा खेल्ने अनुमति दिनु गलत भएको रियल मड्रिडको तर्क छ ।

स्पेनी फुटबल संघका अध्यक्ष लुइस रुबियालेस र स्पेनी खेलाडी संघले पनि यो अनुमतिको विरुद्धमा बोलेका छन् ।

यो खेलका लागि स्पेनी फुटबल संघबाहेक यूईएफए, अमेरिकी फुटबल संघ तथा उत्तर अमेरिका र क्यारेबियन क्षेत्रमा हुने फुटबलको नियामक संस्था कन्काकाफको पनि अनुमति आवश्यक हुन्छ ।

यो खेल बार्सिलोनाबाट ६० माइल टाढा रहेको जिरोनाको घरेलु मैदानमा २६ तारिखका लागि तय थियो ।

स्पेनको शीर्ष डिभिजन ला लिगाले रेलेभेण्ट नामको सञ्चार संस्थासँग गरेको सम्झौता अनुसार १५ वर्षसम्म प्रत्येक सिजन ला लिगाको एउटा खेल अमेरिकामा खेलाउन सहमति जनाएको थियो । यो खेल यसै सम्झौताअनुसार तय भएको हुनुपर्दछ ।

रियलले पत्रमा लेखेको छ, ‘ला लिगाले यस्तो प्रकृयाका बारेमा हाम्रो के धारण छ भन्नेबारेमा रियललाई न सोधेको छ, न जानकारी गराएको छ न जानकारी गराउने मनशाय नै राखेको छ ।’    

‘ला लिगाले हामी संलग्न भएको खेलमा असर पर्न सक्छ भन्ने जान्दा जान्दै पनि हामीसँग कुनै सहमति लिएको छैन’ पत्रमा अगाडि उल्लेख गरिएको छ ।
यसका बारेमा ला ला लिगाका अध्यक्ष जेभियर टेवासले भनेका छन्, ‘विभिन्न टिमले मैदान मर्मतका बेला वा धेरै आम्दानीका लागि अन्य रंगशालामा गएर खेल्दै आएका छन् । ’

‘यदि हामी खेलकुदमा नैतिकता र थिति चाहन्छौं भने फुटबलको क्षेत्रमा धेरै कुरा परिवर्तन गर्न जरुरी छ ।’ उनले भनेका छन् । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा