ताजा खबर

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै, कोत तथा शक्तिपीठहरुमा विशेष पूजा

RadioTaplajung

महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरूले भने कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ । कतिपय शक्तिपीठमा भने हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानपूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जंगी निशान पूजा र कोतपूजा गर्ने चलन छ । हनुमानढोकामा भने आज विहानै राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइयो । महानवमीमा महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार तथा सवारीका साधनको पूजा गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका कन्याको पनि पूजा गरिन्छ । महानवमीमा श्रीरामले रावणको बध गर्नका लागि शक्ति प्राप्त गर्न नौ दिनसम्म दुर्गा भवानीको आराधना गरेको प्रसंग पनि छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले