ताजा खबर

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या
असोज २८ गते । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरण पछि हत्या गरिएको हो ।
दीपकलाई अपहरणकारीले असोज २४ गते बेलुकी अपहरण गरेका थिए। उनको शव गएराति गाउँ नजिकैको झाडीमा फेला परेकोछ।
प्रहरीले बालक अपहरणको आरोपमा त्यही टोलका १७ वर्षीय दुई युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन्। बारा जिल्लाकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार पक्राउ परेका दुवैलाई अनुसन्धानको लागि बयान लिने काम भइरहेको छ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए। फिरौती जोरजाम गर्दैगर्दा अपहरणकारीले दीपकको हत्या गरेका दीपकका काका गणेश राय यादवले बताए।

बालक २४ गते नजिकैको रनीवासमा हजुरबुबा सिताराम यादवसँग मेला हेर्न गएका थिए। मेला हेरेर फर्कने क्रममा मोटरसाइकलमा आएका दुई जनाले बालकलाई इथाइनल सुँघाएर अपहरण गरेका थिए। काका गणेशले भने,'हजुरबा सँग आउँदै गर्दा पैसाको लोभ देखाए। अनि इथाइनल सुघाएर बेपत्ता पारे। पछि हरेन्द्रले आफ्नो मोबाइलबाट फिरौती माग्यो।'

प्रहरीका अनुसार अपहरणकारीको आरोपमा पक्राउ परेका बैठाको घरबाट बालक दीपकले लगाएको बाला फेला परेको छ। ई कान्तिपुर

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले