ताजा खबर

आइपीएलमा राजस्थानले बैङ्लोरलाई हरायो

वैशाख २ – इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।

राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको छ । बैंगलोरले जितका लागि २ सय १८ रनको विशाल लक्ष्य पाएको भएपनि बैंलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन मात्र बनाउन सक्यो । बैंगलोरका कप्तान विराट कोहलीले ५७ तथा मन्दीप सिंहले नट आउट ४७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिङको मौका पाएको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाएर २ सय १७ रन बनाएको हो । राजस्थानका सञ्जु सामसनले नट आउट रहँदै ९२ रन बनाएका थिए । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा