ताजा खबर

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा

RadioTaplajung

यौन उत्पीडनको आरोप लागेपछि भारतीय विदेश राज्यमन्त्रीले दिए राजीनामा
 असोज २८ गते । कैयौँ महिला पत्रकारहरुले यौन उत्पीडनको आरोप झेलिरहेका भारतका केन्द्रीय मन्त्री एमजे अकबरले राजीनामा दिएका छन् ।

भारतीय अनलाइन न्यूज १८ का अनुसार विदेश राज्यमन्त्री एमजे अकबरले मुख्य सचिव नृपेन्द्र मिश्रालाई इमेलमार्फत राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदै विदेशमन्त्री सुषमा स्वराजसँग भेट्न समय माग पनि गरेका छन् । सामाजिक सञ्जालमा चलिरहेको ‘मि टू’ अभियान अन्तर्गत कैयौँ महिला पत्रकारले मन्त्री तथा पूर्व पत्रकार एमजे अकबरमाथि यौन हिंसाको आरोप लगाएका थिए ।

यी आरोपका बारेमा मन्त्री अकबरले अहिलेसम्म प्रतिक्रिया दिएका छैन । गएको हप्ता आरोप लागेको केही घण्टामा नै उनी विदेश भ्रमणका लागि नाइजेरिया गएका थिए । आइतबार बिहान स्वदेश फर्किएका राज्यमन्त्री एमजे अकबरले छिट्टै नै यसबारेमा आफ्नो प्रतिक्रिया दिने बताएका छन् ।

मन्त्रीमाथि नै यौन उत्पीडनको आरोप लागेपछि बीजेपी नेतृत्व सरकारको कडा आलोचना हुँदै आएको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल