ताजा खबर

रोनाल्डोका वकिलले भने ‘बलात्कारका आरोपमा पेश गरिएका प्रमाण सबै झुटो’

RadioTaplajung


रोनाल्डोका वकिलले भने ‘बलात्कारका आरोपमा पेश गरिएका प्रमाण सबै झुटो’
 असोज २५ गते । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारका आरोपमा पेश गरिएका प्रमाणहरु जाली भएको उनका वकिलले बताएका छन् ।

३३ वर्षीय रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा काथरीनलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तर्वार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । जसका लागि रोनाल्डोलाई भेगसको पुलिसले पनि सोधपुछ गर्ने बताइएको छ ।

तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु ‘फेक’ भएको बताएका छन् । रोनाल्डो आफैले पनि यो घटना झुटो भएको बताउँदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् ।

तरपनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिल भेट्न लिस्वन पुगेका थिए । यो भेटपछि पहिलो पटक रोनाल्डोका वकिलले एक स्टेटमेन्ट सार्वजनिक गर्दै काथरीनको डकुमेन्टहरु जाली भएको र सबै प्रमाण डिजिटल रुपमा परिमार्जित गरेको बताएका छन् । ३४ वर्षीय काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन् । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा