ताजा खबर

बंगलादेशमा १९ जनालाई फाँसी

RadioTaplajung

बंगलादेशमा १९ जनालाई फाँसी
असोज २५ गते । बंगलादेशको एक अदालतले ग्रीनेड आक्रमणमा दोषी ठहर गर्दै १९ जनालाई फाँसीको सजाय सुनाइएको छ ।

सन् २००४ मा बंगलादेशको ढाकामा आयोजना गरिएको र्‍यालीमा ग्रीनेड आक्रमण गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई अभियोग प्रमाणित भएपछि फाँसीको सजाय सुनाइएको हो ।

फाँसीको सजाय पाउनेहरुमा बंगलादेश नेसनल पार्टीका पूर्वमन्त्री तथा उपमन्त्रीहरु पनि छन् ।

सन् २००४ मा अवामी लिगको चुनावी र्‍यालीमा प्रधानमन्त्री शेख हसिना वाजेदले सम्बोधन गर्नेक्रममा ग्रीनेड आक्रमण हुँदा २४ जना मारिएका थिए । १०० भन्दा बढी घाइते भएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल